भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष ७३÷७४ मा ९८ लाख, ९० हजार ५ सय ५० आम्दानी गरेको छ । जसमा आन्तरिक राजस्व तर्फ ५७ लाख, २५ हजार, ४ सय ४७ र मालपोत दस्तुरवाट ४१ लाख ६५ हजार, १ सय ७ रुपैया आम्दानी गरेको राजस्व प्रमुख मणी तामाङ्गले जानकारी दिए । मालपोत तर्फ आम्दानीको ७ प्रतिशत भने मालपोत कार्यालयलाई वुझाएको नगरपालिकाले जनाएको छ । आन्तरिक राजस्व अन्र्तगत, एकृतसम्पति कर, व्यावसायिक कर, नक्सा पास दस्तुर लगाएत ६२ ओटा शिर्षकबाट नगरपालिकाले राजस्व संकलन गरेको हो । कार्यालयले सञ्चालन गरेका योजना मध्ये ९७ प्रतिशत सम्पन्न भएको र ८ वटा योजनाको भने सम्झौता नभएको कार्यलयले जनाएको छ । नगरपालिकाको पुँजीगत तर्फ ४ करोड ७६ लाख ३० हजार, मध्ये ३ करोड ४४ लाख, ९७ हजार ७ सय ३७ खर्च भएको जनाइएको छ । जसमा पँुजीगत तर्फ ७२ दशमलव ४२ र चालु तर्फ ९८ दशमलव ४१ प्रतिशत खर्च भएको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत सुर्य भण्डारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया