इटहरी  । सनराइज बैक इटहरी शाखाले साउने संक्रातीको अवसरमा मेह्नदी उत्सब मनाएको छ । इटहरी उप महानगरपालकिाके उप प्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न  नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै बढ्दै गएको बताउदै उपमेर गौतमले सबै धर्म,संस्कुती र परम्पराको संरक्षण र पवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रममा उपमेयर गौतम सहित अन्य महिलाहरुले हातमा मेहन्दी लगाएर उत्सब मनाएका थिए । मेहन्दी उत्सबमा दुई सए बढी महिला तथा किसोरीहरुको सहभागीता रहेको थियो । हातमा मेहन्दी लगाउने अनि हरियो पहेलो रातो र निलो रङका चुरा नाडीभरि लगाई गलामा पहेँलो पोते सहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दु महिलाहरुको यो पर्वलाई प्रोसाहन गर्न मेहन्दी उत्सब आयोजना गरीएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया