धरान, ३१ असार ः व्यापार व्यवसायसंगै सामाजिक कार्यमा समेत अग्रसर बन्दै गएको धरानस्थित बराह ज्वेलरी इण्डडिष्ट्रज प्रा.लि.ल आफ्नो २३ औ बाषिकोत्सवको पूर्व सन्ध्यानमा नया सुविधाहरु ल्याएको छ ।
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले ग्राहकहहरुको चाहनालाई मध्यनजर गरी प्रा.लि.को पाचौ तलामा बराह फेमेली किचन, बराह बाल संसार अन्तर्गत सिक्सिटिङ डि संगै मसाज चेयर थप गरेको हो ।
धरानमा मुख्य कार्यालय रहेको प्रा.लि.पोखरा, काठमाण्डौ, र चितवनमा समेत शाखा स्थापनासंगै अहिले हङकङ, युकेमा समेत विस्तार गरिसकेको छ । ग्राहहको चाहनालाई ध्यानमा राखेर सम्पूर्ण शाखाहरुमा थप सुविधा गर्ने क्रमलाई निरन्तता दिरहेको छ । यसै क्रममा प्रा.लिले धरानमा पछिल्लो पटक बराह फेमिली किचन, बालसंसार अन्तर्गत पूर्वाञ्चलमै पहिलो पटक सिक्सिटिङ डि र मसाज चेयर सञ्चालनमा ल्याएको हो ।
प्रत्येक बर्ष भदौ २ गते बार्षिकोत्सव मनाउदै आएको बराहले त्यसको एक महिना अगाडि नै सुविधा थप गरेको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का शाखा प्रमुख मानबहादुर दियालीले जानकारी दिनुभयो । बराहले यस भन्दा अगाडि बराह डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था लि., इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, रेमिटेन्स सेवा, इन्द्र बराह संग्राहालय प्रदर्शनी कक्ष, कृपा दृष्टि डिजिटल, बराह कृषि उपज तथा पशु पालन प्रा.लि. सञ्चालनमा ल्याइसकेको छ । वि.स. २०५२ साल भदौमा स्व. इन्द्र लामिछानेले सानो पसलबाट कारोबारबाट शुरुवात गर्नुभएको बराहले शाखा विस्तारसगै विभिन्न धार्मिक पर्यटकीय क्षेत्र, सामाजिक क्षेत्र, गरिब तथा असहायलाई सहयोग गर्दै आइरहेको छ । दलित तथा पिछडिएका वर्गको उत्थान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रा.लि.मा ९० प्रतिशत कामदार दलित तथा पिछडिएका वर्गका रहेका छन् ।

 

तपाईको प्रतिक्रिया