इटहरी । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले प्रदेश नम्वर १ को भेलामा शिक्षा ऐन नियम र आर्थिक नियमावली सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गोकर्ण रिसोर्टमा आयोजित प्रदेश नम्वर १ का १४ वटै जिल्लाका प्यब्सनका पदाधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा सरकारले केन्द्रदेखि स्थानीय तहसम्म शिक्षा समिति गठन गर्दा प्याब्सनको प्रतिनिधित्व गराउनु पर्ने कुरामा जोड दिएका थिए ।
मोरङ्ग गोकर्ण रिसोर्टमा आयोजित भेलापछि भएको पत्रकार सम्मेलनमा प्याब्सन पदधिकारीहरुले शिक्षा ऐन नियम र आर्थिक नियमावली सम्वन्धि निर्णय लिँदा होस वा त्यस सम्वन्धि निचोड लिँदा प्याब्सन प्रतिनिधिको अनिवार्य सहभागिता गराईनु पर्ने बताए ।
नेपालको शिक्षा क्षेत्रका स्तर माथि उकास्नका लागि नीजि क्षेत्रका अर्बौ लगानी रहेको र हजारौ मानिसलाई शैक्षिक रोजगारसँगै हजारौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदा गरिव दलित जेहेन्दार र शिक्षा कम पहुच भएकाहरुलाई निःशुल्क पठन पाठनको अवसर समेत प्याब्सनले अवसर प्रदान गर्दै आएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्याब्सनले पूर्वी नेपालको १४ जिल्लामामात्र १, १७२ नीजि लगानीका विद्यालयमा २२,२६० जना शिक्षक, कर्मचारी, अनि ५, ५६,५३७ विद्यार्थीहरुको शैक्षिक उन्नयतका लागि लगभग ३ अर्ब १७ करोड २० लाख बढि लगानी गरेर राज्यको शिक्षा क्षेत्रमा ठूलो टेवा पु¥याउँदै आएको तर्फ पनि विशेष ध्यानाकर्षण गराएको छ ।
देशको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानी अहिलेको परिवर्तित राज्य प्रणालीले के गर्ला भन्ने विषयमा अझै पनि स्पष्ट निचोड निकालेर ऐन नियम र कानुनको स्पष्ट ब्यवस्थाका विषयमा सार्वजनिक रुपमा जानकारी नभएको बर्तमान अवस्थामा देखा परेको अन्यौलताका विषयमा पनि राज्यले तत्काल जानकारी दिन जरुरी रहेको कुरामा पनि ब्याब्सनले आफ्नो कुरा बाहिर ल्याएको छ ।
राज्यको शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानी र शिक्षा क्षेत्रमा पु¥याएको योगदानका विषयमा राज्यले नजर अन्दाज गर्न नमिल्ने कुरामा जोड दिदै पत्रकार सम्मेलनमा केन्द्रिय उपमहासचिव कुमार घिमिरेले राज्यले अवलम्वन गर्ने हरेक विषयमा प्याब्सनको समान सहभागिता र अवसरको प्रवन्ध गर्न जरुरी रहेकोमा जोड दिदै आएको पनि पत्रकार सम्मेलनमा जानकारी गराए ।
सो अवसरमा प्याब्सका पूर्वाञ्चल अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सल्लाहकार टिकाराम पुरी लगायतले प्याब्सनले शिक्षा क्षेत्रमा खेल्दै आएको योगदान र भूमिकाका विषयमा प्रकाश पारेका थिए ।

 

तपाईको प्रतिक्रिया