धरान । धरानको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्नो कार्यकालमा धरानलाई नमूना सहर बनाउने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तारा सुब्बाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाले धराने जनताले आफूलाई विश्वास गरेर अत्याधिक मत दिई विजय गराएकोमा धन्यवाद व्यक्त गर्दै धरानेहरुको विश्वासमा ठेस लाग्न नदिने बताउदै उहाले आफ्नो पाँचबर्षे कार्यकालमा धरानेहरुले गौरव महशुष गर्ने खालेको काम गर्ने सु्ब्बाले बताउनुभयो ।
असार १४ गते भएको निर्वाचनबाट मेयरमा विजयी हुनुभएका नेकपा एमालेका धरान नगर अध्यक्ष सुब्बाले बुधबार सपथ ग्रहण लिदै धरानको खानेपानी, बसपार्क समस्या, एयरपोर्ट निर्माण, सर्दु र सेउती तटबन्ध समस्या समाधानका साथै धरानलाई पर्यटकीय गन्तव्य स्थल बनाउने प्रतिबद्धता समेत व्यक्त गनुभयो ।
यसैगरी एमालेकै तर्फबाट नवनिर्वाचित उपमेयर मञ्जु भण्डारी सुवेदीले सपथग्रहणकै क्रममा धरानको सम्भाव्यताहरुलाई पुर्णता दिने बताउनुभयो । उहाँले जनताको विश्वासलाई ठेस लाग्न नदिने प्रतिबद्धता जनाउनुभयो ।
धरान उपमहानगरपालिकाका निर्वाचन अधिकृत कमल बहादुर थापाको सभापतित्वमा भएको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुलाई निर्वाचन अधिकृत थापाले सपथ गराउनुभएको थियो भने सदस्यहरुलाई नवनिर्वाचित मेयर सुब्बाले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ का संसद कृष्ण कुमार राईको प्रमुख आतिथ्यतामा सपथ ग्रहण गराईएको थियो ।
असार १४ गते सम्पन्न स्थानीय तहको चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याई विजयी हुनुभएको हो भने उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेयरका उमेद्वार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपमेयरमा पनि एमालेकी मञ्जु भण्डारी सुवेदीले २१ हजार २ सय ५६ मत ल्याई विजयी हुनु भएको थियो भने उहाकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उपमेयरकी उमेद्वार श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गर्नुभएको थियो ।
२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा १४ वडा नेकपा एमाले, ५ वटा वडा नेपाली काँग्रेस र एक वडा नेकपा माओवादी केन्द्रले जितेको छ । एमालेले मेयर र उपमेयर सहित ३,४,६,७,८,९,१०,११,१२,१३,१५,१६,१९ र २० वडा जितेको छ भने नेपाली काँग्रेसले १२,५, १४ र १८ वडा जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले एकमात्र वडा नंं १७ मा प्यानलै विजय गरेको छ ।

तपाईको प्रतिक्रिया