इटहरी । नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीको सहयोगमा नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ सुनसरीले इटहरीमा एक दिने पत्रकारिता क्षमता विकास सम्वन्धि तालिम सम्पन्न गरेको छ ।
सुनसरी जिल्लाका आदिवासी जनजाती महासङ्घसँगमा आवद्ध विभिन्न छापा, विद्युती र अनलाईन सञ्चार सेवामा क्रियाशील ४० जना सञ्चारकर्मीहरुको क्षमता विकास संम्वन्धी तालिममा सहभागिता रहेको थियो ।
तलिमको उद्घाटन गर्दै आदिवासी जनजाती महासङ्घ सुनसरीका अध्यक्ष रामकुमार राईले आदिवासी जनजातीको समसामयिक मुद्दामा केन्द्रित रहँदै जातीय विकास र उत्थानमा आदिवासी जनजाती समुदायका पत्रकारहरुले आफ्ना सञ्चार माध्यमा सक्रियतापूर्वक काम गनु पर्ने कुरामा जोड दिएका थिए ।
सोही अवसरमा किरात राई यायोक्खा सुनसरी अध्यक्ष कमला राईले महिलाका पक्षमा अहिले पनि विभेद गरिदै आएको र महिलाका विषयमा उठान गरिनु पर्ने विषय अझै पछि परिरहेकाले त्यसलाई पनि सञ्चार क्षेत्रले महत्व दिनु पर्ने विषयमा सवैको ध्यान केन्द्रित जानु पर्ने बताइन् ।
त्यस अवसरमा प्रमुख प्रशिक्षक अग्रज पत्रकार याम प्रधानले धेरै सञ्चारकर्मीहरुले विषय बस्तुको अनविज्ञता र जानकारीको अभावले बाहिर आउनु पर्ने विषयले प्राथमिकता नापाएकाले त्यसलाई यस प्रकारको तालिम वा क्षमता विकास सम्वन्धि तालिमले विषयको उठानमा सहजता आउने बताए ।
साथै सो अवसरमा सहभागि भएका सवै सञ्चारकर्मीहरुलाई प्रमुख प्रशिक्षक प्रधानले तालिमको प्रमाण पत्र प्रदान गर्दै तालिममा प्राप्त ज्ञान र सिपलाई ब्यवहारमा उतार्न आग्रह समेत गरेका थिए ।
महासङ्घ सुनसरीका सभापति धीरेन्द्र चौधरीको अध्यक्षता र सुप्रिया राईको संयोजनमा भएको क्षमता अभिबृद्धि तालिममा फोटो तथा एफएम रेडियो र टेलिभिजन रिपोर्टिङ्ग पत्रकारिताका विषयमा क्रमश भैरव आङ्ला र विनयराज राजव्रशीले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया