धरान । त्रिपक्षीय भिडन्तबाट इतिहास दोहो¥याएको एमालेले मंगलबार धरानमा विजयी र्याली निकालेको छ । एमालेले धरानको प्रमुख दुई पद मेयर र उपमेयर नै बाजी मारेका तारा सुब्बा र मञ्जु भण्डारी सुवेदीलाई फूलमालासहितले अविरजात्रा गरिएको हो । पब्लिक उच्चमाविबाट सुरु गरिएको विजय र्याली धरान नगर परिक्रमा गरेको थियो । विजयी उम्मेदवार सुब्बा र सुवेदीले धराने मतदाताहरुलाई धन्यवाद ज्ञापनसमेत गरेका थिए ।
मानवसागर ओर्लिएको धरानमा विजयी र्यालीमा सर्वसाधारणसँगै पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । पब्लिक उच्चमाविबाट छाताचौक, लक्ष्मीचोक, रेडक्रस चोक हुँदै पुरानो बजार, देशीलाइन, भानुचौक हुँदै नगरका विभिन्न चोकहरुमा पुग्दै अन्तमा पब्लिकमै पुगेर र्याली टुंगिएको थियो । र्यालीका क्रममा नाराबाजीसमेत गरिएको थियो । सोमबार राति धरानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । जसमा एमालेका सुब्बाले २० हजार ९७५ मत र भण्डारीले २१ हजार २५६ मत प्राप्त गर्दै मेयर उपमेयरमा निर्वाचित भएका थिए । एमालेले अधिकांस वडाहरुमा आफ्नो जित निस्चित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया