इटहरी, । धरानबाट इटहरीतिर आउँदै गरेको बा १२ च १०२९ नम्वरको कार सेउती खोला नजिक रोकी राखेको को १ ख ६१२८ नम्वरको टिपरमा ठोक्किदा इटहरी ६ निवासी ४२ बर्षीय कार चालक सुन्दर श्रेष्ठको घट्नास्थलमा नै मृत्यु भएको छ ।
पूर्व क्ष्ोत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त घट्नामा बीरगञ्ज निवासी ३० बर्षीय सुनिल पटेल पनि गम्भीर घाईते भएका छन । मृतक सुन्दरको लाश पोष्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
घटनमा परेर गम्भीर घाईते पटेलको प्रतिष्ठानमा उपचार भई रहेको ट्राफिक प्रहरीले बताएको छ । घट्नाका विषयमा सोधखोज र अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया