इटहरी । सुनसरी जिल्लालाई बाल विवाहमुक्त जिल्ला घोषणा गर्ने अभियानमा सक्रिय संस्था युचेप नेपाल, र डान्सफोर लाईफको आयोजना तथा रेष्टलेश डेभलपमेण्ट नेपालको सहयोगमा इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युवामैत्री स्वास्थ्य सेवा तथा बाल बिवाहको अन्त्य भन्ने विषयमा स्वास्थ्य चौकी र स्वास्थ्य कार्यालयका पदधिकारी तथा शिक्षासेवी एवम स्थानीय तहमा निर्वाचित पदाधिकारीहरु समेतको सहभागिहरुमा बालिकाहरुको बिद्यमान अवस्थामा ब्यापक सचेतना अपनाई उनीहरुको जीवन रक्षाका लागि अपनाउनु पर्ने सावधानीका विषयमा जागृत गराउने उद्देश्यमा मुख्य छलफल रहेको थियो ।
सहजकर्ताहरु युचेप नेपालका अध्यक्ष रविन घिमिरे र दिनेश चौधरीले बिद्यमान सुनसरीका बालबालिकाहरुको अवस्थाका विषयमा स्वास्थ्य क्षेत्र र जनप्रतिनिधिहरुले खेल्नु पर्ने जिम्मेवारी भूमिकाका विषयमा सचेतना प्रदान गर्न छलफलको अर्को लक्ष्य रहेको थियो ।
कार्यक्रममा सहभागि भएका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका प्रतिनिधिहरु र निर्वाचित जनप्रतिनिधिहरुको उक्त छलफल कार्यक्रममा अग्रज पत्रकार याम प्रधानले स्थानीय तहले लक्षित समुदाय र बर्गप्रति राज्यले दिने सेवा तथा सुविधालाई सहि ढङ्गले परिचालित छ वा छैन अनुगमन गर्न आग्रह गरेका थिए ।
सुनसरी जिल्लामा बाल बिवाह जस्तो कुरितीमा ब्यापक सुधार ल्याई सकिएको र यो बर्ष झण्डै २ दर्जन बढी बाल बिवाह रोकेको र एउटा बाल बिवाहको मुद्दा चलाएको उक्त युचेप नेपालका अध्यक्ष रविन घिमिरेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया