इटहरी । इटहरीको उपमहानगर पालिका ६ स्थीत मुख्य बजार क्षेत्रमा रहेको इटहरी महलको तेस्रो तलामा पहिलो पटक हण्टेड हाउस सञ्चालनमा आएको छ ।
भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेको हरर मुभीका रुपमा रहेको यो हण्टेड हाउसमा हेर्नका लागी १२ बर्षमुनिका बालबालिका, गर्भवती महिला र मुटु वा अन्य शारिरीक कमजोरीपन भएका ब्यक्तिका लागि प्रवेश निषेध रहेको चलचित्र कक्षलाई पहिलो पटक इटहरीमा सञ्चालन गरेको सञ्चालक फडिन्द्र मगरले जानकारी दिए ।
कम्तिमा ३० लाख रुपियाँको लागतमा सञ्चालमा आएको हण्टेड हाउसमा एक पटकमा ५ जना दर्शकले हेर्न सक्ने र प्रदर्शन अवधी १५ देखि २० मिनेटसम्म मनोरञ्जन लिन सकिने ब्यवस्था मिलाईएको प्राविधिक राजिव सिँहले जानकारी दिए ।
उक्त मनोरञ्जन कक्षमा प्रवेशका लागि अनुमति प्राप्त ब्यक्तिहरुले एक पटकमा दुई सय रुपियाँको टिकट लिनु पर्ने र हरेक २० मिनेटमा शो परिवर्तन हुने भएकाले दिनभरीमा धेरै शो चल्न सक्ने अवस्था रहेको तथा अध्यारो कक्षमा कङ्काल चलायमान रहने भएकाले धेरै कमजोर मानसिकता भएकालाई यो शोमा प्रवेश निषेध गरिएको पनि सञ्चालक मगरले बताए ।

तपाईको प्रतिक्रिया