नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका मेयर राप्रपाका मेयर धवल शम्शेर राणाले ४३१७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले २५०५ मत ल्याएका छन् ।
यस्तै कांग्रेसले कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकमामा अग्रतता लिएको छ । कोहलपुर नगरपालिकामा कांग्रेसका उम्मेदवारले २१००, एमालेका उम्मेदवारले १९९१ र माओवादीका उम्मेदवारले १५४२ मत ल्याएका छन् ।
यता एमाले भने बैजनाथ र खजुरा गााउँपालिकामा अगााडी छ । माओवादी केन्द्रले जानकी गाउँपालिकामा अग्रता लिएको छ । ८ तहमध्ये नरैनापुरमा भने संघीय समाजवादी फोरम नेपाल विजयी भईसकेको छ ।

तपाईको प्रतिक्रिया