इटहरीको सिनेफ्लिक्समा अफरै अफर १८५ मै फ्लिमको टिकट

इटहरीको सिनेफ्लिक्समा अफरै अफर १८५ मै फ्लिमको टिकट
इटहरी, इटहरीमा सेन्ट्रल प्लाजा र सिनेफ्लिक्स सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । सो अवसरमा सेन्ट्रल प्लाजा र सिनेफ्लिक्सले अफर ल्याएको छ । अफरमा असोज ८ गते फिल्म हेर्ने दर्शकहरुले १८५ रुपैयाँमै फिल्मको टिकट, पप्कन र किटक्याट पाउनेछन् । इटहरीस्थित सेन्ट्रल प्लाजा नेपालकै सुविधासम्पन्न व्यवशायीक भवनमा पर्छ । यहाँ विभिन्न ब्राण्डेड सामानको पसलहरु पाइने गर्छ । दशैं नजिकिँदै गर्दा यहाँ किनमेलको ...

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर
काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् ...

२५ सयमा बाईक, १० हजारमै कार किन्ने हैन त तपाईं ?

२५ सयमा बाईक, १० हजारमै कार किन्ने हैन त तपाईं ?
जनकपुर भन्सार कार्यालयले विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु लिलामी गर्ने भएको छ । बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल धेरै मात्रामा छन् भने कार, जीप, बोलेरो जीप लगाएतका छन् । बुधबार सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुन नेपाली नाग।िक तथा नेपाली फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । दुई खण्डमा प्रकाशित भएको एक्त सूचनामा पहिलो खण्डमा १ सय ८१ आ...

फेसबुकमा समस्या देखियो

फेसबुकमा समस्या देखियो
फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझदेखि धेरै फेसबुक एकाउन्टहरुमा पोस्टहरु नखुल्ने फेसबुकमा समस्या देखिएको हो । प्रयोगकर्ताले फेसबुकको न्युज फिडमा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश मात्र देखाउने गरेको र अन्य साथीले पोस्ट गरेका स्ट्याटस र समाचारहरू नदिखिने गरेको गुनासो गरिरहेका छन् । त्यस्तै एकाउन्ट पेज रिफ्रेस भएको छैन ।

हेमन्ति शाह बनिन सुबिसु भएंकर अफर लक्कि ड्र को बम्पर बिजेता

हेमन्ति शाह बनिन सुबिसु भएंकर अफर लक्कि ड्र को बम्पर बिजेता
इटहरी/ सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले सुबिसु भंएकर अफर अन्तर्गत रहेर गरेको लक्कि ड्र को फाइनल नतिजा आज सार्वजनिक गरेको छ । उक्त लक्की ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको स्मार्ट टिभी जितेका छन । कम्पनीले १४ औं हफ्तासम्म गरेको लक्कि ड्र मा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग...

कृषि विकास बैंकद्वारा वन व्यवस्थापन समूहलाई सूचना प्रविधि सामग्री हस्तान्तरण

कृषि विकास बैंकद्वारा वन व्यवस्थापन समूहलाई सूचना प्रविधि सामग्री हस्तान्तरण
विराटचोक, कृषि विकास बैंक विराटचोकले लोहोन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूहलाई सूचना प्रविधि सामग्री हस्तान्तरण संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरर्गत लोहोन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूहलाई सूचना प्रविधि सामग्री हस्तान्तरण साथै वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा वडा नं. १० मा रहेको सुकुना सामुदायिक वन उपभोक्ता समितिको सभ...

आँखाका बिरामी बढ्दै, सामाजिक सञ्जाल पनि कारक तत्व

आँखाका बिरामी बढ्दै, सामाजिक सञ्जाल पनि कारक तत्व
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । वि.सं. २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताए । ‘पहिला दैनिक ३०० व्यक्तिले बहिरंग( ओपिडी) सेवा र दैनिक पाँच जना...

प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालन

प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् ।विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष बिहीबारबाट सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका थिए। उनले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा...

नेपाल ईन्फो एप्स लन्च

नेपाल ईन्फो एप्स लन्च
नेपाल ईन्फो नामक एप्स लन्च भएको छ । इटहरीमा शनिबार एक भव्य कार्यक्रमका बीच एप्सको उद्धघाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरेकी थिईन् । एप्सलाई प्रोजेक्टरको माध्यमबाट गौतमले उद्धघाटन गरिन् । कार्यक्रममा बोल्दै उनले देशका सबै क्षेत्रको सूचना एउटै माध्यबाट लिन सकिने एप्स इटहरीमा उद्धघाटन हुनु अत्यन्त शोभनीय रहेको बताईन् । उनले भनिन्, ‘हामीहरुले केही कुरा कुनै ठाउँको बारेमा खोज्नुपरे...

मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने

मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने
काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ...