तेस्रो सुन्दरहरैचा एक्स्पोमा आज साझ आस्था राउतकाे प्रस्तुती
पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली ।पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था राउत जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर ।प्रायः सबै स्टेजमा आफ्नो ‘पावरफुल’ प्रस्तुति दिने आस्था राउतका प्रशंसक कम छैनन् । गीतमा छोरीको भाकालाई स्थान दिएपनि स्टेजमा उनलाई पुरुष फ्यानले पनि उस्तै साथ दिन्छन् ।जब उनले स्टेजमा आफ्ना गीतहरूको प...