इटहरी । कोरोना भाइरस संत्रासका कारण चलचित्र हलहरु बन्द रहेको समयमा युटुव मार्फत सार्वजनिक हुने छोटा चलचित्रहरु निर्माण हुने क्रम बढै रहेको समयमा होम पि भट्टराईको निर्देशन रहेको छोटो चलचित्र मास्क सार्वजनिक भएको छ ।

आधा दर्जन बढी छोटा चलचित्रहरुको निर्देशन गरिसकेका भट्टराईको निर्देशनमा सुनसरीको इटहरी क्षेत्रमा छांयाकन गरिएको संदेश मुलुक छोटो चलचित्र मास्क ठुलो टिभी नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

होम पि भट्टराईको कथा निर्देशन तथा सुमन भट्टराईको निर्माण रहेको छोटो चलचित्र मास्कमा कोरोना फैलन नदिन मास्क प्रयोगमा जोड दिइएको निर्देशक भट्टराईले वताए । कोरोनाको त्रासमा संसार नै रहेको समयमा विश्व स्वास्थ्य संगठनले समेत मास्क प्रयोगमा जोड दिइरहेको अवस्थालाई मध्यनजर गर्दै मास्क प्रयोग गर्ने संदेश दिन खोजिएको निर्देशक भट्टराईले जानकारी दिए ।

विजय राईको छाँकायन तथा सम्पादन रहेको मास्कमा कलाकारहरु शिव भट्टराई भोजपुरे , सागर अधिकारी , भावना भट्टराई , मिलन ढकाल , प्रशान्त घिमिरे, सुरज तिम्सिना ,ऋतु राई, बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको छ ।

निर्देशक भट्टराईले यस अघि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन,घृणा , धोका जस्ता सफल छोटा चलचित्रको कथा लेखन तथा निर्देशन गरिसकेका छन ।

तपाईको प्रतिक्रिया