इटहरी । लोपोन्मुख बन्दै गएको लिम्बु जातिको पालाम गायन संस्कृतिको संरक्षणमा जोड दिने उद्धेश्यले पहिलो विश्वव्यापी अनलाईन पालम गायन प्रतियोगितामा सहभागी इटहरीका विक्रम एक्तेनले आफुलाई भोटिगं गरिदिन आग्रह गरेका छन ।
याक्थुङ कल्चरल गु्रपले आयोजना गरेको पहिलो विश्वव्यापी अनर्लाइन पालम गायन प्रतियोगिता अन्र्तगत विभिन्न चरण पार गर्दै फाइनल चरणमा आइपुग्न सफल विक्रम एक्तेनले आफुलाई भोटिगं गरि विजयी बनाउन आग्रह गरेका हुन ।
विभिन्न देशका तीन सय ५१ जनाले प्रतियोगितामा सहभागिता जनाएकोमा फाइनल चरणमा पुगेमा दश जना प्रतिपर्धीमा आइपुग्न सफल इटहरीका एक्तेनले अनाइन भोटिगं गरि दिन आग्रह गरे । उनले सानै देखि आफनो जातिय मौलिख ,भाषा ,लिपी , भाखा शैलीका साथै जातिय कला संस्कृति संरक्षणमा नयाँ पुस्तालाई आकर्षित गर्न यस प्रकारको प्रतियोगिताले सहयोग गर्ने वताए । उनले अन्तिम चरणको भोटिगंको समय यही साउन २० गते सम्म मात्र भएको समेत जानकारी दिए ।
कोरोना महामहारीका संत्रासका कारण प्रतियोगीरु जम्मा पारेर प्रतियोगिता आयोजन गर्न नसकिने तर्फ मध्यनजर गर्दै अनलाईनको माध्यमबाट विश्वव्यापी अनलााइन पालम गायन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा लिम्बु भाषामा गाइएका रेकडिगं भएका पालम समावेश गरिएको वताए ।

तपाईको प्रतिक्रिया