विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । कार्यालयकै कामको विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्का बताउछन । त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्रहार गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई कुटपिटमा संलग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिए । कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको छ । कोरोनाको महामारीको समयमा सेवा पुर्याइरहदा आफुमाथी आक्रमण भएको सञ्जेल बताउछन । रुखो बोलि बोलेर भएपनि सेवाग्राहीको समस्या बुझ्ने कार्यालय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्यालयले भने जस्तो काम गर्न नसकेको गुनासो सार्वजानीक हुने गरेको छ ।

तपाईको प्रतिक्रिया