सुन्दरहरैचा । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सक्रमण मोरङको विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकामा समुदाय स्तरमा देखिएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाले पुन लकडाउन गर्ने तयारी गरेको छ ।

समुदाय स्तरमा कोरोना देखिएपछी विराटनगर महानगरपालिकाले दुई साताको लागि लकडाउन घोषणा गरेको छ भने इटहरी उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेक सबै बजारहरु बन्द गरेको छ ।

मोरङको केन्द्रबिन्दु विराटनगर देखि केही किलोमिटर उतरमा रहेको र इटहरी उपमहानगरपालिकासग सिमाना जोडिएको कारणले कोरोना भाइरस सुन्दरहरैचा नगरपालिकामा आनि फैलिने सम्भावना भए सगै नगर लकडाउन गर्ने तयारीमा रहेको सुन्दरहरैचा नगरपालिकाका वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले बताए ।

” नगरको होल टिम तयारी अवस्थामा रहेको छ ” भन्दै ढंगाना बताउछन ” समुदायमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न जुनसुकै बेला पनि नगरले लकडाउन घोषणा गर्न सक्छ जसका लागि नगरका सबै संयन्त्र तयारी अवस्थामा रहेको छ । “

मोरङमा कोरोना संक्रमणको दर बढ्दै गएपछी प्रशासनले समेत चासो देखाएको छ । प्रहरीले मोरङका विभिन्न स्थानिय निकायमा कडाई गर्दै हाट बजारहरु बन्द गराउदै यात्रा गर्ने जो कोहिलाई पनि सुरक्षाको विधि अपनाई माक्स अनिवार्य लगाउन आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीले पनि सुरक्षा सावधानी अपनाउदै सुन्दरहरैचा नगरपालिकामा सञ्चलित हाट बजार , होटल बन्द गराउन थालेको छ ।

वडाध्यक्ष ढुंगानाका अनिसार अब बस्ने कार्यपालिकाको बैठकबाट लकडाउन गर्ने नगर्ने विषयम छलफल हुने बताएका छन ।

तपाईको प्रतिक्रिया