• तेजबहादुर बन

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीलाइ कोरोना संक्रमण पुस्टी भएपछि प्रशासनले आवस्यकिय सतर्कता अपनाउन आग्रह गरिरहेको बेला झनै लापवार्हि बढन थालेको पाइएको छ ।

उपमहानगरले बिहीबार नै आपतकालीन बैठक बसी इटहरी शहरलाइलाइ तत्काल लकडाउन नगर्ने तर आवस्यकिय सचेतना जगाउन सबैमा अनुरोध गर्ने जस्ता निर्णय गरेको थीयो । निर्णय लगत्तै उपमहानगरले इटहरी क्षेत्रमा कोरोना भाइरसको जोखिम बढेकोले नगरवासीहरूलाइ मास्क र सेनीटाइजर अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गर्दै माइकिङ समेत गरेको थीयो ।

साथै प्रत्येक व्यवसायीहरूले आ आफ्नो पसल अघाडी हात धुनलाइ साबुन पानी , सेनीटाइजर र सामाजिक दुरी कायम गरी व्यवसाय गर्न अनुरोध पनि गरेको थीयो तर अहिले इटहरीकै मुख्य चौकलाइ मात्र हेर्दा कुनै नियम अविलम्ब पालना गरेको देखिएको छैन ।

इटहरीको बिशाल बजार , गुद्री बजार , नेशनल गल्ली , हटीया लाइन , बिपि चौक , लगायतका स्थानमा अझैपनि भिडभाड बढदो देखिएको छ । त्यस्तै ठुला व्यापारीक महलहरूमा पनि भिडभाड बढेको स्थानीयहरूले बताउदै आएका छन ।

इटहरीको गोरखा डिर्पाटमेन्ट स्टोर , कुण्डलीनी सपिङ महल , सेन्ट्रल प्लाजा जस्तामा स्थानीयहरूको भिड बढेको प्रत्यक्ष देखिएको छ । यता   खुलेका व्यवसायहरूले  पनि पसल अघाडी साबुन पानी र सेनिटाइजरको व्यवस्था गरेको देखिएको छैन । त्यस्तै नियमित रूपमा लाग्ने हाट बजार बन्द गर्ने भनिएपनि बिहान पख लाग्ने गुद्री बजारमा भिड बढदो देखिएको छ । भिड बढेसंगै इटहरीमा थप कोरोनाको जोखिम देखिएको छ ।

जोखिम रहेका स्थानहरूलाइ मध्यनजर गर्दै थप कडाइ गरिने इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बताएका छन । उनले लक डाउन मात्रै समस्याको सामधान नभएकोले नगरवासीहरूलाइ प्रत्यक्ष असर नपर्ने गरी आवस्यकिय सचेतना जगाउने तर्फ इटहरी जनप्रतिनिधि लागिरहेको मेयर चौधरीको भनाइ छ । यता इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले पनि इटहरी प्रवेश गर्ने सवारी साधनहरूमा चेकिङ कडाइ बनाएको जनाइएको छ ।

सार्वजनिक यातायातहरूमा ५० प्रतिशत मात्र यात्रु बोक्ने , सामाजिक दुरी कायम गराइ यात्रा गराइने , सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइरहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सरकारले गत साउन ६ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसंगै उपत्यका सहित प्रदेश एकका मुख्य जिल्लाहरू कोरोनाको कहरमा परेका छन ।

जोखिम बढदै गएपछि उच्च सतर्कता अपनाउन छिमेकी महानगर बिराटनगरले शुक्रबार मध्यरात १२ बजेदेखि आगामि १४ दिन सम्म कडाइका साथ लकडाउन घोषणा गरेको छ । त्यस्तै कोरोनाकै संक्रमण भेटिन थालेपछि अर्को छिमेकी नगरपालीका इनरूवाले पनि गत साउन ९ गते देखि अर्को शुचना प्राप्त नहुन्जेल लकडाउन घोषणा गरिसकेको छ । अहिले केहि मात्रामा खुकुलो बनाएपनि अवस्था हेरेर पुन लकडाउन गर्न सकिने इनरूवा नगरपालीकाका मेयर राजन मेहता बताउछन ।

तपाईको प्रतिक्रिया