इटहरी : लामो समय अगाडिबाट बिरामी भएर थला परेकी एक किशोरीको इटहरीमा रहेको बेदान्त हस्पिटलले निःशुल्क उपचार गरेको छ ।इटहरी ३ तालतलैया पुराण चौककी १६ बर्षीया किशोरी अन्जना वि.क लामो समयदेखि बिरामी परेर थला परेकी थिइन् । खुट्टा सुन्निने र हिड्नै नहुँने भएकाले थलिएकी उनको बेदान्त हस्पिटलले निःशुल्क उपचार गरेको हो । उनका बाबुआमा सामान्य मजदूर गर्ने गरेका रहेछन्, बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले भने, यसअघि उपचार गराएको भएपनि सामान्य बेण्डिज मात्र गरिएको रहेछ । डा. आदर्श झा र डा. इमेज दाहालको टिमले ती किशोरीको स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा खुट्टाको घुँडाको सम्भावित मेनिस्कस इन्जुरी पाइएको छ ।

श्रेष्ठका अनुसार उनको स्वास्थ्य परीक्षणपछि १५ दिनको औषधी दिएर पठाईएको छ । १५ दिनसम्म पनि समस्या जस्ताको तस्तै रहेमा एमआरआई गर्नुपर्ने उनको भनाई छ ।
अहिले कोरोना भाइरसका कारण मुलुकमा लकडाउन रहेको भएपनि कोही मानिस पनि स्वास्थ्य समस्याबाट ग्रसित हुन नपर्ने भन्दै बेदान्त हस्पिटलले सेवा प्रदान गर्दै आएको छ । ब्यापारीक हब संगै प्रदेश एकको सम्भावित राजधानीको उपनामले चिनिने सुनसरीको इटहरीमा ब्यापारीक प्रतिस्पर्धा चलिरहेको अवस्थामा बिगत ४ बर्षदेखि सञ्चालनमा आएको बेदान्त हस्पिटल पछिल्लो समय सेवाग्राहिहरूको रोजाइमा पर्न थालेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको टेंग्रा खोलाबाट उत्तर पट्टि रहेको सो हस्पिटल पछिल्लो समय सेवाग्राहिहरूको राजाइमा पर्न सफल भएको हो । स्थापनाको समयमा दैनिक ५ जना सम्म बिरामि तथा सेवाग्रहिहरूको उपस्थित रहने सो हस्पिटलमा आज भोली दैनिक ३ शय सम्म सेवाग्राहीहरूको चाप लाग्ने गरेको देखिएको छ । मौसम परिवर्तनसंगै दैनिक बिरामिको चाप बढेसंगै सेवा लिन आउने सेवालिन आउने सेवाग्राहिहरूलाई बिशेष छुटको ब्यवस्था मिलाएपछि अहिले बेदान्त हस्पिटलमा चाप बढेको हो ।

बढदो सहरिकरण र बाक्लिदो मानव बस्तिमा एक सुविधा सम्पन्न अस्पतालको आवस्यक देखेर २०७१ साल जेठमा स्थापना भएको बेदान्त हस्पिटलमा २४ घण्टे सेवा देखि सबै प्रकारका रोगहरूको अनुभवि चिकित्सकहरूद्वारा नियमित चेकजाच गराउने देखि प्रसुति सेवा लगायत इमरजेन्सी सेवा समेत उपलब्ध गराउदै आएको छ ।

उक्त हस्पिटलले बृद्ध बृद्धाहरूकालागि बिशेष छुटको समेत ब्यवस्था मिलाएको छ । हस्पिटलको स्थापना संगै अहिले १० देखि १२ जना सम्मलाई रोजगार प्रदान गर्दै आएको छ । प्रत्येक साता नाम चलेकै बरिस्ठ चिकित्सकहरूबाट नियमित चेक जाचसंगै सेवा सुविधामा सेवाग्राहिहरू तथा बिरामिहरूलाई बिश्वास दिलाउदै सेवा प्रदान गरेपछि पछिल्लो समय सो हस्पिटल इटहरीमै नामि समेत बनेको छ ।

जम्मा १५ शैया रहेको हस्पिटलको इमरजेन्सी कक्षमा ५ वटा शैयाको ब्यवस्था मिलाइएको छ भने ओपिडि , भिडियो एक्स्रे ,ल्याव ,एक्स्रे , इसिजि फार्मेसी लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । इटहरीमा अस्पताल भएर पनि धरान बिराटनगर जानुपर्ने बाध्यतालाृइ मध्यनजर गर्दै यहि सम्पुर्ण सेवासुविधा सहितको हस्पिटल सञ्चालनमा ल्याइएको बेदान्त हस्पिटलका सञ्चालक इन्द्र बहादुर श्रेस्ठले बताए । धरान र बिराटनगरकै अस्पतालहरूमा चेकजाच गर्ने नाम चलेका डाक्टरहरूलाृइ यहि झिकाएर सेवा दिन लगाएपछि अहिले त्यहा धाउने बिरामि तथा सेवाग्राहिहरू यहि हस्पिटलमा आउने गरेको पनि सञ्चालक श्रेष्ठले बताए । यता बेदान्त हस्पिटलले दिएको सेवा सुविधा र नियमित चेकजाच जस्ता कृयाकलापले सेवाग्राहिहरू पनि खुशि देखिएका छन ।

तपाईको प्रतिक्रिया