इटहरी । इटहरी उपमहानगरपालिकाको एक कर्मचारीलार्ई कोरोना संक्रमण पुष्टि भए सँग उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गर्ने निर्णय गरेको छ । पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यस पछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको इटहरी उपमहानरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनु भएको छ । समुदाय स्तरमा कोरोना सक्रमण देखिन थालेपछि इटहरी उपमहानगरपालिका भरमा सुरक्षा व्यबस्था कडा बनाउदै लैजाने मेयर द्धारीकलाल चौधरीले जानकारी दिनुभयो ।

कोरोना सुनसरीमा पनि समुदाय स्तरमा फैलीएपछि समुदायमा सरकारले गरेको नियमलाई पालना गर्दै जनजिवन सञ्चालन गर्दै लैजाने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलले बताउनुभयो ।

यता इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाका अनुसार अवको समयमा इटहरीमा जे जति सुरक्षा व्यबस्था अपनाइएको छ यतिले मात्र प्रयाप्त नरहेको बताउनुहुन्छ ।

इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय भएको छ । इटहरीमा कोरोना सक्रमणको जोखिम उच्च भएकोले बजारको भिडभाड कम गराउँने निर्णय भएको वताइएको छ । सुनसरीमा यस अघि इनरुवा नगरपालिकामा केरोना पोजेटिभ देखिएपछि एक सातादेखी इनरुवा नगरपालिका समेत वन्द गरिएको छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पाेख्रेलकाे उपस्थितिमा इटहरी उपमहानगर कार्यालयकाे अति अावस्यकिय  बाहेक सबै सेवा बन्द गरिने निर्णय भएकाे छ । साथै इटहरी उपमहानगरलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल चलिरहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया