भारतमा कोरोनाभाइरसको संक्रमण दैनिक तीव्र रुप फैलिरहेको छ। अहिलेसम्म भारतमा संक्रमण हुनेको कुल संख्या १५ लाख नाघिसकेको छ। भारतमा संक्रमण हुनेको संख्या १५ लाख ३१ हजार ६ सय ६९ रहेको छ भने मृत्युहुनेको संख्या ३४ हजार एक सय ९३ रहेको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमित हुनेको संख्या ४८ हजार ५ सय १३ रहेको छ भने मृत्युहुनेको संख्या ७०८ रहेको छ। यसैगरी, भारतमा अहिलेसम्म ९ लाख ८८ हजार ३० जना उपचारपछि कोरोनाबाट निको भएका छन्।

तपाईको प्रतिक्रिया