साउथ फिल्मका चर्चित अभिनेता शाम पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा  चेन्नाई प्रहरीले पक्राउ गरेको हो । चेन्नईस्थि आफ्नै घरमा जुवा खेलिरहेको बेला शामसहित अन्य १२ जनालाई प्रहरीले पक्राउ गरेको भारतिय मिडियाले जनाएका छन् ।

सुभनाका आधारमा प्रहरीले उनको घरमा छापा मार्दा  गेम बोर्ड, टोकन र लाखौं रुपैयाँ बरामद गरेको जनाइएको छ । प्रहरीले शामसहित अन्य १२ जनालाई जमानतमा छाडेको बताइएको छ ।  शाम साउथ फिल्मका चर्चित अभिनेता तथा मोडल हुन् ।

तपाईको प्रतिक्रिया