इटहरी , कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । सरकारले साउन ६ गते रातिदेखि कायम हुने गरी लकडाउन अन्त्य भएको घोषणा गर्‍यो मन्त्रीपरिषद्को निर्णय अनुसार लकडाउन हटाए पनि कोरोनाको रोकथाम भने हुन सकेन ।
यतिखेर प्रदेश १ मा समेत समुदाय स्तरमा कोरोना भाइरस फैलिएको छ । केही दिन यता भारत तथा तेस्रो मुलुकबाट आउने सङ्क्रमित भन्दा समुदायमा नै रहेकालाई सङ्क्रमण बढी देखिन थालेको हो ।
प्रदेश १ मा मात्र कोरोना सङ्क्रमण बाट मृत्यु २ जनाको भएको छ भने सङ्क्रमित पछिल्लो तथ्याङ्क अनुसार ९६६ पुगेको छ, जसमा महिला १५३ रहेका छन् भने पुरुष ८१३ रहेको प्रदेश १ सरकारले जनाएको छ । सङ्क्रमितको सङ्ख्या बढिरहँदा ७४७ जना डिस्चार्ज भइसकेका छन् जसमा महिला १२६ र पुरुष ६२१ रहेको तथ्याङ्क उल्लेख छ । पी सी आर विधिबाट प्रदेश १ मा ४० हजार ८ सर ४१ जनाको परीक्षण गरिएको छ र आर डी टी विधिबाट १९ हजार १ सर ५४ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।


समुदायमा रहेका कोरोना सङ्क्रमितको कनट्याक्ट ट्रेसिङ्गमा रहेका अधिकांशको परीक्षण गर्नुपर्ने हो तर यसरी परीक्षण गरेको पाइँदैन जसका कारण पनि समुदाय स्तरमा कोरोना फैलिएको आशङ्का गर्न सकिन्छ । पछिल्लो एक साताको अवधिमा सङ्क्रमितहरूको सम्पर्कमा पुग्ने व्यक्तिहरूको सङ्ख्या दोब्बर भन्दा बढी हुन थालेको छ । परीक्षणको दायरा उस्तै रहेको छ भने सङ्क्रमित बढ्ने क्रम रोकिएको छैन ।
पहिलेको समयमा बाहिरबाट आउने हलुको कोरोना परीक्षण गरिन्थ्यो र क्वारेनटाइनमा राखिन्थ्यो जसले गर्दा समुदायमा असर पारेको थिएन तर लकडाउन खुलेपछि पछि भने यसको अवस्था समुदाय स्तरमा भयावह भएको इटहरी बासी श्याम पोखरेलले जानकारी दिएका छन् ।
कतिपय अवस्थामा कोरोना फैलिनु आम सर्वसाधारणले गरेको हेलचेक्राईले पनि खतरा हुँदै भएको छ । सरकारले लगाएको नियम पालना नगरी समुदायमा हिड्डुल गर्दा यो कोरोना सङ्क्रमण फैलिँदै जाने सम्भावना हुन्छ । सङ्क्रमण न्यूनीकरणका लागी स्थानीय सरकार संघि सरकार प्रदेश सरकार र सुरक्षा निकायका प्रतिनिधिले सर्बसाधरणका लागी सुरक्षाका उपाय प्रयोग गर्न पहल गर्दै आएको छ ।
खास गरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य सहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभीत तुल्याउन थालेको छ ।
कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलन नदिनको लागी सुरक्षाका उपाय सगसगै नेपालमा खुल्ला सीमा भएका कारणले सीमा बाट भित्रिने मान्छेको कोरोना परीक्षण तथा उनीहरूलाई क्वारेनटाइनमा राख्ने कुरामा सरकारी पक्षले विशेष ध्यान दिनुपर्ने झापा निवासी देवेन्द्र मिश्र बताउँछन् ।
तिन तहको सरकारले कोरोना न्यूनीकरणमा मात्र होइन समुदायमा कोरोना भाइरस सर्न नदिन जसरी कदम चलाइरहेको यतिले मात्र कोरोना न्यूनीकरण तथा जोखिम कम हुँदैन स्थानीय स्तरमा आम सर्वसाधारणलाई सक र सचेत पनि बनाउँदै लैजान जरुरी भएको इलामका लक्ष्मी रमण खतिवडा बताउँछन् ।
प्रदेश १ को पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या झापामा ३४५ रहेको छ त्यसै गरी मोरङमा २८३ र सुनसरीमा १२५ सङ्क्रमित रहेका छन् । प्रदेश १ मा पछिल्लो तथ्याङ्क हेर्ने हो भने डिर्जाज हुन वाकी २१७ रहेका छन् ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/SpawlKfbP0E” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

तपाईको प्रतिक्रिया