इटहरी । सुनसरीको धरान ८ सिद्धकालीका व्यवसायी ५७ वर्षीय डम्बर प्रसाद बास्तोलालाइ लुटपाट गरी फरार भएका मध्ये ३ जनालाइ इलाका प्रहरी कार्यालय इटहरीले गत साउन ११ गते तरहराबाट पक्राउ गरेको छ ।कर्मचारीलाइ तलब दिन भनी इटहरीको हलगढाबाट बस चढेका बास्तोलालाइ तिन जनाको समुहले गत श्रावण ९ गते बसभित्रै लुटपाट गरी फरार भएका थीए ।

ब्यवसायी वास्तोलाको साथबाट रू ९७,६०० ९ सन्तानब्बे हजार ६ सय रूपैया ० लुटेर फरार भएका मध्ये    प्रहरीले काभ्रे जिल्लाको तिमाल गाउपालीका वार्ड नं २ धुवाकोट बस्ने २६ वर्षीय कमल तामाङलाइ इटहरीमा बाटो छेकेर  सोहि दिन पक्राउ गरेको थीयो । बाकिका ३ जनालाइ भने गत ११ गते तरहराबाट इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थीयो ।

यसरी  पक्राउ पर्नेमा काभ्रे जिल्लाको रोसी गाउपालिका वार्ड नं ३ शिखर टोलका ३६ वर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ , काभ्रे जिल्लाकै भुङलो गाउपालीका ८ का ३२ वर्षीय सुजन तामाङ भनिने सन बहादुर तामाङ , र सोहि जिल्लाका रोसी गाउपालीका ५ सोलगाउँ बस्ने २२ वर्षीय चीउनी भन्ने युवराज लामा रहेका छन । पक्राउ परेका चारै जनालाइ इटहरी प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ परेका चारैजनाको साथबाट प्रहरीले रू १२ हजार ९ सय नगद , कपडा बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी गराएको छ । पक्राउ परेका चार जना मध्ये कमल लामा र सुजन भन्ने सनबहादुर लामालाइ महानगरीय प्रहरी कार्यालयले पनि लुटपाट तथा चोरी काण्डमा पक्राउ गरी कानुन अनुसार सजाय पाइसकेको अनुशन्धानको क्रममा खुलेको जनाइएको छ ।

पक्राउ परेका चारै जना बिरूद्ध डाका तथा चोरी मुद्धा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट  म्याद थप गरी अनुशन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अनुशन्धानले के भन्छ ?

यिनिहरू ६ जनाको समुह बनाएर योजनाबद्ध लुटपाट गर्ने गरेको अनुशन्धानको क्रममा खुलेको छ । चार जना पक्राउ परेपनि अन्य २ जना भने फरार रहेको इटहरीले प्रहरीले जनाएको छ । पक्राउ परेसंगै इटहरीमा पनि समुह बनाएर लुटपाट गर्ने योजना बिफल भएको प्रहरीले दाबी गरेको छ ।

उनिहरूले बसमा लुटिएका बास्तोलालाइ पनि धरानबाटै फलो गर्दै इटहरीमा बसभित्रै चेपेर लुटपाट गरेका थीए । महानगरीय प्रहरी काठमाण्डौले पनि चोरी तथा डकैटी मुद्धामा पक्राउ गरीसकेको ब्याक्तिहरू काभ्रेबाट इटहरी धरान हुदै प्रदेश एकका मुख्य जिल्लामाहरूमा यसरी नै समुह बनाएर लुटने योजना बनाइ आएको तर पक्राउ परेसंगै सबै योजना बिफल भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।

आखा जुधेकै भरमा पक्राउ

५७ वर्षीय बास्तोलाले बसभित्रै लुटिएको भनि दिएको उजुरीको आधारमा प्रहरीले एकलाइ त्यतिबेलै पक्राउ गर्यो । त्यसपछि अन्य समुहको खोजि गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी र प्रहरी जवान बिनोद ओझा सिविलमा खटिए । सादा पोशाकमा खटिएका प्रहरीले रकम लुटेपछि खाजा खान पस्छन भन्ने अनुमानका साथ तरहराको सबै सेकुवापसलहरू हेर्दै अघि बढे तब एक सफारीबाट दुइजना ओर्लिए र होटलमा छिरे होटल छिर्न अघि सादा पोसाकमा खटिएका इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीसंग एकको आखा जुध्यो ।

पुन आखा जुध्ने ब्याक्ति प्रहरी प्रहरी हो भन्ने सुइको पाउनासाथ दुवैजना त्यहाबाट निस्किए र सोहि सफारीमा चढदै तरहराको स्टेनबाट बस चढे १बस चढदा समेत प्रहरीलाइ हेरीरहेपछि शंका गर्दै तत्काल बसलाइ रोकि दुवै व्याक्तिलाइ तल झारेर केरकार गर्ने क्रममा लुटेराको नाइके रहेको फेला परेपछि तत्काल नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।

भिडियाे…………..

 

तपाईको प्रतिक्रिया