उत्तर कोरियाले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न संकटकाल घोषणा गरेको छ । पहिलो संक्रमित भेटिएपछि संक्रमण फैलिने डरमा लकडाउनसहितको संकटकाल घोषणा गरिएको त्यहाँका सरकारी सञ्चार माध्यमले बताएको छ ।

सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना संक्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुको भनाइ छ । नेता किम जोङ उनले शनिवार पोलिटब्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गरेका हुन् ।

भाइरसलाई परास्त पार्न उच्चतम् आपतकालीन प्रणाली लागू गर्न किमले आदेश दिएका छन् । यसअघि भने उत्तर कोरिया संक्रमण मुक्त रहेको दाबी गरिदैं आएको थियो । रासस/एएफपी

तपाईको प्रतिक्रिया