भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको सरकारी अधिकारीले जनाएका छन्।

कोरोना भाइरस संक्रमणको कारण एकै दिनमा ७४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। याेसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या शुक्रबारसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन्।

भारतमा अहिले पनि ४ लाख ४० हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार ५०२ जना संक्रमित भएका छन्।

त्यसपछि तमिलनाडुमा १ लाख ९२ हजार ९६४ संक्रमित रहेका छन्। राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २७ हजार ३६४ कोरोना भाइरस सङ्क्रमित रहेका छन्। आन्ध्र प्रदेश, कर्नाटका र तेलङ्गानामा कोरोना संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै छन्।

तपाईको प्रतिक्रिया