प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वोल्भससँग क्रिस्टल प्यालेस पराजित भएको छ । यो जीतसँगै वोल्भस अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । चौधौं स्थानमा रहेको क्लिस्टल प्यालेसलाई पराजित गर्न वोल्भसका लागि खेलको ४१ औं मिनेटमा डेनियल पोडेन्सले ४१ औं मिनेटमा र जोनीले ६८ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा पोडेन्सको पहिलो गोल हो ।

३७ खेलको समाप्तिमा वोल्भसले १५ जीत, १४ बराबर र ८ खेलमा पराजित भएसँगै ५९ अंक जोडेको छ । समान खेल खेलेको टोटेनह्यामको ५८ अंक छ भने वोल्भसभन्दा एक स्थान माथि रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको ६२ अंक छ । लेस्टरभन्दा म्यानचेस्टर युनाइटेडले एक खेल कम खेलेको छ ।

लिग उपाधि लिभरपुलले जितिसकेको अवस्थामा शीर्ष चारमा रहने प्रतिस्पर्धा रोमान्चक बन्दै गएको छ । म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने पक्का भएपछि चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेटलाई वोल्भसले चुनौति दिएको छ ।

तपाईको प्रतिक्रिया