इटहरी / भारतबाट अवैध रुपमा ल्याउदै गरेको ठुलो परिणामको माछा नियन्त्रणमा लिई नष्ट गरेको छ ।भारतबाट नेपाल ल्याउँदै गर्दा सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अन्तरदेशिय आयात भएको पाएपछि सुनसरी प्रहरीले मागुर जातको माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले पक्राउ गरिएको हो। भाण्टाबारी नाकाबाट ल्याइएको सो माछा स्वास्थ्यको हिसाबले खान अयोग्य भएको र निकै ठुलो परिमाणको रहेको स्रोतले बताएको छ । नियन्त्रणमा लिइएको माछा धरान, विराटनगर, पोखरा र काठमाडौँ सम्म निर्यातको लागि नेपाल ल्याइएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया