इटालियन सिरी ए फुटबलमा एसी मिलानले फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदनमा भएको खेलमा बोलोग्नामाथि ५-१ गोलको फराकिलो जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा एलेक्सेस सेलेमाकर्सले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । २४ औं मिनेटमा हकन काल्हनोग्लुले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा बोलोग्नाका टाकेहिरो टोमियासुले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ४९ औं मिनेटमा स्मेइल बेनेसरले गोल गर्दै मिलानलाई ३-१ को अग्रता दिलाए । ५७ औं मिनेटमा एन्टे रेबिचले गोल गर्दै घरेलु टोलीको अग्रता ४-१ को पारे । त्यस्तै खेलको इन्जुरी सममा डेभिड कालाब्रीयाले गोल गर्दै मिलानलाई ५-१ को फराकिलो जित दिलाए ।

जितसँगै मिलानले ३४ खेलबाट ५६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पराजित बोलोग्नाको भमे समान खेलबाट ४३ अंकसहित दसौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया