बेलबारी–६ स्थित नहरमा एउटा अनौठो प्रकारको माछा भेटिएको छ । सुनसरी मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार दुई वटा अनौठा माछा फेला परेका हुन् ।

स्थानिय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा नदेखेको बताएपछि त्यहाँका बासिन्दाले माछालाई जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानिय टेकनाथ शर्माले जानकारी दिए ।

अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती, विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताए । आफुहरुले गुगल सर्च गर्ने क्रममा प्लेको जातको माछा हुनसक्ने अनुमान गरे पनि यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले बताए ।

तपाईको प्रतिक्रिया