• तेजबहादुर बन

इटहरी । प्रदेश एकको बिभिन्न जिल्लाहरूमा वर्षा सुरू भएदेखि खोला , नाला , तथा कोशीमा आएको बाढीले हाल सम्म ५२ जनाको मृत्यु भएको छ भने १५जना बेपत्ता भएका छन । गएको २०७६ चैत्र २४ गते देखि प्रदेश एकको बिभिन्न जिल्लाहरूमा परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी ५२ जनाले ज्यान गुमाएका हुन ।

सोहि अवधिमा १५ जना बेपत्ता बनेको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरी कार्यालयको बिवरण अनुसार गत चैत्र २४ गते देखि २०७७ असार २८ गते सम्म प्रदेश एकमा ५१ जनाले ज्यान गुमाएका हुन भने १५ जना बेपत्ता भएका हुन । आज असार २८ गते संखुवासभा सिलिचोङ वाउपालीका १ मा गएराती आएको पहिरोले ८ घर परिदा ११ जना बेपत्ता बनेका छन । बेपत्ता परिवारको खोजी कार्य जारी रहेको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पहिरोमा परी एकै दिन ११ जना बेपत्ता भए संगै प्रदेश एकमा बेपत्ताको शुचिमा १५ जना पुगेका हुन । प्रहरी बिवरण अनुसार प्रदेश एकको झापामा जमेको पानीमा डुबेर २ जना , बिभिन्न खोलाहरूमा आएको बाढीले बगाएर ४ जना गरी ६ जनाले ज्यान गुमाएका छन ।

त्यसै गरी यो वर्ष बिभिन्न खोला तथा पैनीमा आएको बाढीमा परी सबैभन्दा बढी मोरङमा १६ जनाले ज्यान गुमाएका छन । मोरङको बेलबारीस्थित लोहन्द्रा खोलाले बगाएर २ जना , मोरङकै बक्रहा नदीमा आएको बाडीले २ जना लगायत बिभिन्न स्थानमा जमेको पानीमा डुबेर मोरङमा १६ जनाले ज्यान गुमाएको प्रहरी बिवरणमा उल्लखे गरिएको छ ।

त्यस्तै प्रदेश एकको इलाममा ४ जना , पाँचथरमा २ जना , ताप्लेजुङमा ४ जना , सुनसरीमा ७ जना धनकुटा १ जना संखुवासभामा २ जना तेह्रथुम २ जना भोजपुर २ जना , उदयपुर ४ जना , खोटाङमा २ जना गरी ५१ जनाले बाडी तथा पहिरोमा परी ज्यान गुमाएका हुन ।

प्रदेश एकमा बाढी तथा पहिरोमा परी पुरूष २२ जना महिला ५ जना , बालबालीका २४ जना गरी कुल ५१ जनाले ज्यान गुमाएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । जस मध्ये प्रदेश एकको पहाडी भेगहरू संखुवासभा , ओखलढुंगा , ताप्लेजुङ , भोजपुर लगायतका स्थानमा गएको पहिरोबाट ६ जनाले ज्यान गुमाएको प्रहरी बिवरणमा उल्लेख गरिएको छ ।

प्रहरी बिवरण अनुसार हाल सम्म बाढी र पहिरोबाट अरबौको क्षती भएको र पहाडी जिल्लाहरू पहिरोको जोखिममा रहनुका साथै सुनसरी , मोरङ , झापा , उदयपुर भने बाडीको उच्च जोखिममा पर्ने गरेको जनाएको छ ।  ४ महिनाको अवधिमा बाढीबाट कुल ४०० भन्दा बढी परिवार बिस्थापित बनिसकेको र पहिरोका कारण कुल ६ दर्जन बढी मानिसहरू बिस्थापित बनिसकेको प्रहरी बिवरणमा उल्लेख गरिएको छ ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाइ प्रहरीको सहकार्यमा उद्धार कार्य जारी रहेको तथा सम्भावित बाढी आउने क्षेत्रहरूमा तत्काल उद्धारकालागि रेस्क्यु टोली तयारी अवस्थामा राखिएको प्रदेश एक प्रहरी कार्यालय बिराटगरका प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले बताए ।

तपाईको प्रतिक्रिया