इटहरी । सुनसरीको इटहरीमा मास्क नलगाई आवतजावत गर्नेहरुलाई सेभेनस्टार क्लवले मास्क वितरण गरिएको छ ।
मानिसबाट मानिसमा सजिलै सर्ने कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन नेपाल सरकारले आग्रह गर्दै आएपनि मास्क नलगाउनेहरुलाई लबिपुरमा क्लवले मास्क वितरण गरेको हो ।
लबिपुर क्षेत्रमा मास्क नलगाई हिडडुल गर्ने पैदल यात्री तथा सवारी साधानमा यात्रा गर्नेहरुलाई रोकेर स्वास्थ्य सुरक्षाका लागि मास्क लगाउनु पर्ने जानकारी गराउदै मास्क वितरण गरिएको क्लवका अध्यक्ष राजन भेटवालले जानकारी दिए । उनले मास्क वितरण कार्यमा इलाका प्रहरी कार्यालय पकलीले समेत सहयोग गरेको समेत वताए । सेभेनस्टार क्लवले इटहरीको लबिपुर क्षेत्र विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया