शनिबार नेपालमा थप ७० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

त्यस्तै शनिबार तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले काठमाडौंको केएमसी अस्पतालमा एक जना र ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ जुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

तपाईको प्रतिक्रिया