नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, काठमाडौँकै गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया