बिराटनगर , बिराटनगर महानगरपालिका निकै ठुलो सहर भएका कारण यहाका सडक पेटि पनि अस्त ब्यस्त रहेका छन् । ब्यपार ब्यबसाय गर्नेहरुको लामै लस्कर सडक छेउमै देख्न सकिन्छ । चना, कचौरीदेखि हलुवा, पराठा अनि विभिन्न परिकार ठेला पिच्छै पाइन्छन् ।

मानिसका लागी आवत जावत गर्नका लागी बनाइएको सडक पेटि ब्यापार गर्ने थलो बन्दा समेत महानगरले गर्न सकेको छैन । मानिसलाई आवत जावत गर्न समस्या भएका कारण आम सर्वसाधरण सडकबाटै हिड्न बाध्य रहेको कुरा बिराटनगर महानगरपालिका वडा नम्बर ३ का स्थानिय दुर्गा चापागाई बताउछन् ।

सडकमै उभिएर पानीपुरी, चाट अनि सागसब्जी बिक्री गर्ने ब्यबसायिको व्यापार सडकमै केन्द्रित बन्दै गएको छ तर यसरी गैर कानुनि रुपमा सडक पेटि कब्जा गरेर बस्दा महानगरले कुनै चासो नदेखाएको स्थानियहरु ब्ताउछन् । यसरी सडक पेटि अस्त ब्यस्त हुदा सर्बसाधरण सडकबाट हिड्न बाध्य छन जसले गर्दा सडक दुर्घटनाको जोखिम बढ्दै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया