इटहरी । सुनसरीको इटहरीलाई कर्मथलो बनाइ सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरूको बिकास तथा उनीहरूलाई हौशला प्रदान गर्न र इटहरी क्षेत्रमा रहेका सञ्चार माध्यमहरूलाई थप शुदृढिकरण सँगै व्यवस्थित बनाउन इटहरी उपमहानगरले सञ्चार नीतिको कार्यक्रमहरू ल्याउने भएको छ । इटहरीमा चाडै आम सञ्चार परिषद गठन गरी पत्रकारहरूको सम्पूर्ण बिवरण राखिने र उनीहरूको प्रवद्र्धकालागि ठोस कार्यक्रमहरू ल्याइने उपमहानगरले जनाएको छ ।

उपमहानगर क्षेत्रबाट प्रकाशित भएका सञ्चार माध्यमहरूलाई समानुपातिक बिज्ञापन दिदै आएको र त्यसलाई निरन्तरता दिदै थप प्रभावकारी बनाइने जनाइएको छ । त्यसैगरी चालु वर्षमा संचालनमा रहेको रेडियो कार्यक्रमलार्ई अगामी वर्षमा पनि निरन्तरता दिदै इटहरीमा संचालन भएका अनलाईन पत्रिका लगायत पत्रपत्रिकाको विकासको लागि आवश्यक सहयोग उपलब्ध गराइने भएको छ ।

इटहरीमा पत्रकार महासंघको भवन निर्माणकालागि उपमहानगरले पर्याप्त बजेट बिनियोजन गरेको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् । साथै इटहरी क्षेत्रको सञ्चार जगतलाई अझ प्रभावकारी बनाउन र प्रवद्र्धनकालागि रू २५ लाख बजेट बिनियोजन गरेको उपमहानगरले जनाएको छ । राज्यको चौथो अंगको रूपमा रहेको आम सञ्चार क्षेत्रको विकास, प्रगती र क्षमता अभिवृद्धि गर्ने नीतिलार्ई आगामी वर्ष थप व्यवस्थित र उन्नत बनाइने जनाइएको छ । इटहरीको गतिविधि लगायत हेल्लो मेयर जस्ता कार्यक्रमहरूलाई रेडीयो मार्फत् निरन्तरता दिदै जनताको गुनासो सम्बोधन लगायतका कार्यक्रमहरूलाई आगामि वर्ष पनि निरन्तरता दिइने भएको छ ।

पत्रकारहरूको क्षमता अभिबृद्धिका निमित्त फेलोसिप सँगालोलार्ई प्रकाशन गर्ने आवश्यक र त्यसको लागि आवश्यकीय बजेट बिनियोजन गरिने उपमहानगरले जनाएको छ । पत्रकारिता क्षेत्रका विभिन्न विद्यामा उत्कृष्ट योगदान पुर्याउने सञ्चारकर्मीलार्ई इटहरी आमसञ्चार परिषद्को परार्मशमा सम्मान तथा पुरस्कृत, लेखनवृति कार्यक्रम, पत्रकार क्षमता विकास कार्यत्रम गरिने भएको छ । सूचना तथा विज्ञापन वितरण समानता र समानुपातिक सिद्धान्तका आधारमा गरिने इटहरी पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक सहयोग उपलव्ध गराइने, इटहरी क्षेत्रको आमसंचारलार्ई थप विकासका लागि बिभिन्न योजनाहरू अघी बढाएको उपमहानगर अन्तरगत उपमेयर लक्ष्मी गौतमले बताइन् ।

हाल इटहरीमा एक सरकारी टेलीभिजन (नेपाल टेलिभिजन इटहरी ) दुई निजी लगानीका टेलिभिजन, आधा दर्जन एफएम र आधा दर्जन साप्ताहिक र एक दैनिक पत्रिका प्रकाशन हुदै आएका छन् ।

तपाईको प्रतिक्रिया