इटहरी । पूर्वको ब्यापारिक हब इटहरीले कृषि विकासलाई पनि प्राथमिकतामा राखेको छ । भारतसँग निर्भर रहेको नेपालको कृषि बजारलाई आत्मनिर्भर बनाउन सके आन्तरिक अर्थतन्त्र बलियो हुने र खाद्यान्नकोसमेत अभाव नरहने भन्दै उपमहानगरले कृषिलाई यो वर्षदेखि विशेष प्राथमिकता दिन थालेको छ । कृषिमा आश्रित कृषकहरूलाई प्रोत्साहन दिन थालेको छ ।

उपमहानगर क्षेत्रमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासको लागि चालु आ.व.मा दुध, अण्डा, मासु, माछा र तरकारीमा आत्मनिर्भर वन्ने गरी कार्यक्रम ल्याइएको छ ।

यस्तै मुख्य शहरी क्षेत्रमा रहेका स्थानियहरूले कौशी खेति गर्न चाहेको खण्डमा उपमहानगरले त्यस्ता कृषकहरूलाईअनुदान दिने नीति उपमहानगरले लिएको छ ।

इटहरीलाई कृषिमा आत्म निर्भर बनाइ शुद्ध अर्गानिक तरकारी फलाई त्यसबाट आथिर्क उपार्जन गर्न सकिने उपमहानगरको योजना छ ।

व्यक्ति तथा कृषकहरूलाई आवश्यकता अनुसारको अनुदान रकम, मल बिउ बिजन र प्रविधि लगायतका मेसिनरी सामग्री समेत उपलब्ध गराइने उपमहानगरकी उपमेयर गौतमले बताउनुभयो । अघिल्लो वर्ष यस्तै प्रोत्साहनकै कार्यक्रमबाट हाल सम्म ४० वटा कृषि समूह र १ हजार ७६ किसानले लाभ प्राप्त गरी सकेको उपमेयर गौतमको भनाइ छ । त्यस्तै यसै आर्थिक वर्ष २०७७÷७८मा ५० कृषि समूह निर्माण गरी कार्यत्रम संचालन गरिने समेत जनाइएको छ ।

यस्तै उपमहानगर क्षेत्रमा रहेका बाझो जमिनहरूलाई खोजी गरी त्यस क्षेत्रमा कृषिजन्य उत्पादनमा प्रयोग गर्ने नीति सातौ नगरसभाले पारित गरेको छ । कोरोना भाइरसको माहामारीका कारण विदेशबाट स्वदेश फर्कने इटहरीवासीलार्ई कृषि पेशामा संलग्न गराई रोजगार बनाउने योजनासमेत छ । योजनाबाट विदेशबाट फर्केका नेपाली युवाहरु उत्साहित हुने विश्वास लिइएको छ । तर योजना दीर्घकालिन हुनुपर्ने र बजार व्यवस्था गर्नुपर्ने स्थानीय युवा जुमन खत्री बताउछन् । चालु आ.व.मा किसानलार्ई दिंइदै आएको अनुदान र प्रविधी हस्ताणतरण दुई करोड विनियोजन गरीएकोमा आगामी आर्थिक वर्षको कृषि तथा पशु विकास कार्यक्रमका लागि रू ३ करोड ७५ लाख बिनियोजन गरिएको उपमेयर गौतमको भनाइ छ । कृषि उत्पादनलार्ई संकलन, भण्डारण र बजारीकरणमा स्थानीय सरकार लाग्ने उपमेयर गौतम बताउनुहन्छ ।

तपाईको प्रतिक्रिया