इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको वजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको वताएका छन ।नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो वैठकमा वोल्दै नगरसभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७/७८को वजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको वताउनुभयो । उहाँले कार्यावन्यनमा सवै जुटनुपर्ने वताउनुभयो ।नगरसभा सदस्य डिक वहादुर राईले वजेट ब्यवहारिक र उत्कृष्ठ रहेको वताउनुभयो । उहाँले वजेटले सवैक्षेत्रलाई सम्वोधन गरेको वताउनुभयो । इटहरीचौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौकनै हुदाँ राम्रो हुने जनताले माग गरेको वताउनुभयो ।

अर्का सदस्य कर्ण वहादुर पौडेलले इटहरीमा प्रमुख प्रशाशकीय अघिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको वताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख प्रशासकीय अघिकृत वस्ने भवननै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन । ”नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गर्नुभयो ।

वहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उहाँको भनाई छ । वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो । अर्को वैठक असार २२ गते वस्ने छ ।

तपाईको प्रतिक्रिया