इटहरी । कोरोना भाइरसका कारण विश्व नै प्रभावित भईरहेको समयमा पुर्वी नेपालको पर्यटन गतिविधि पनि नराम्ररी प्रभावित वन्न पुगेको छ ।

नेपाल सरकारले चालु वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरि २० लाख पर्यटकहरु ीभत्रयाउने लक्ष्य राखेमा पुर्वी नेपालमा समेत पर्यटकीय गतिविधिहरु बढी रहेको समयमा कोरोनाका कारण सरकारले भ्रमण वर्ष स्थगित गरी लकडाउन गरेपछि पुर्वको पर्यटन क्षेत्र पनि प्रभावित वन्न पुगेको हो ।

भौगोलिक प्राकृतिक मनोरमता , वहु, जाति ,धार्मिक , भाषाभाषीका मानिसहरुको सघन बसोबास रहेका कारण पनि पुर्वी नेपाल पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्यका रुपमा विकासीत वन्दै आएको समयमा कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्रसंग सरोकार राख्नेहरु गुनासो गुनासो गर्दछन । पुर्वमा पर्यटन व्यवसाय भर्खर बामेसर्दै गरेको तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई लक्षित गरी पर्यटन व्यवसायमा लगानी बढी रहेको समयमा कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि घोषणा भएको लकडाउनका कारण पर्यटन व्यासायीहरु मरमा परेको वताउछन ।

निजी क्षेत्रबाट ठुलो लगानी र धेरै मानिसहरुलाई रोजगार दिदै आएको पर्यटन व्यवसायको लगानी र डुब्ने अवस्थामा पुगेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली वताउछन । उनीले बैकले ताकेता गरिरहेको तथा आफुहरु बैकलाई ब्याज तिन नसक्ने अवस्थामा पुगेको तर्फ तिनै तहका सरकारले ध्यान दिएर सहज वनाउनु पर्नेमा जोड दिन्छन । सरकारले कृषि क्षेत्रलाई जस्तै गरि पर्यटन व्यवसायका क्षेत्रमा पनि प्याकेज ल्याउनु पर्ने अध्यक्ष पराजुलीले माग गरे ।

होटल व्यवासय मात्र नभएर कोरोना जोखिमका कारण पुर्वी नेपालमा धार्मिक पर्यटकीय , भौगोलिक रमणियता रहेका प्राकृतिक तथा कृतिम पर्यटकीय क्षेत्रहरु समेत शुनसान बन्दा सामाजिक आर्थिक गतिविधिहरु समेत प्रभावित बन्न पुगे । पुर्वी नेपालको इटहरीमा रहेको आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र वन्दै आएको तालतलैयामा पनि पर्यटकीय गतिविधि शुन्य भएको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष बीरबहादुर लिम्बु वताउछन । आन्तरिक तथा वाह्य पर्यटकहरुबाट वार्षिक एक करोड उठाउदै आएको तालतलैयाको आम्दानी समेत प्रभावित भएको लिम्बुले जानकारी दिए  ।                       धार्मिक पर्यटकीय क्षेत्रका रुपमा समेत प्रख्यात पुर्वी नेपालमा रहेका धार्मिक क्षेत्रहरु समेत अझै सुनसान रहेका छन ।

.

तपाईको प्रतिक्रिया