मोरगं । महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उदेश्यले मोरगंको सुन्दरहरैचा १२ मा सञ्चालित लुमा घरेलु अल्लो कपडा उद्योगले आयोजना गरेको एक महिने अल्लो कपडा बुनाइ तालिम समापन भएको छ  ।
प्रदेस निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्र्तगत प्रदेस १ सांसद राजकुमार ओझाको कोषको आर्थिक सहयोग तथा लुमा घरेलु अल्लो कपडा उद्योगको आयोजनामा सुन्दरहरैचा नगरपालिका क्षेत्रका १५ जना महिलाहरु लाई एक महिने अल्लो कपडा बुनाइ तालिम समापन भएको हो ।
अशोक राईको अध्यक्षता तथा प्रदेस १ सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरुले सिकेका सिप व्यवहारीक रुपमा प्रयोगमा ल्याए आत्मनिर्भर बन्न सहज हुने प्रमुख अतिथी ओझाले वताए ।. उनले महिलाहरुलाई स्वरोजगार वनाउन प्रदेस सरकारसंग यस्तै प्रकार तालिमका साथै आवश्यक सामाग्री जुटाउन सहयोग गर्न आफुले पहल गर्ने समेत प्रमुख अतिथी ओझाले प्रतिवद्धता जनाए ।.कार्यक्रममा सुन्दरहरैचा नगर पालिकाकी उपप्रमुख धनमाया तामागं, प्रमख अतिथी लगायतले सहभागीहरु लाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा फुलमाया तामाग र मदनकुमारी थापा मगरले सहजिकरण गरेका थिए भने सहभागी मध्ये पाँच जनालाई तालिम आयोजक लुमा घरेलु अल्लो कपडा उद्योगमै रोजगारीको व्यवस्था मिलाएको सञ्चालिका सिता राईले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया