धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धनुषाको महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल हरैयामा अनियन्त्रित भएर दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा बस्ने ४५ वर्षीय धर्मादेवि शर्मा र २८ वर्षीय नविन शर्मा रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया