थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।

उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेका बिरामीसमेत भएको जानकारी प्रवक्ता डा गौतमले दिए।

तपाईको प्रतिक्रिया