इटहरी । बालबालिका तथा युवा पुस्ता माझ लोकप्रीय बनेको टेवल टेनिस खेललाइ प्रवर्दन गर्दै आगामा दिनमा खेलाडीहरूको हौसला बढाउने उद्येश्यका साथ इटहरी उपमहानगरपालीका वार्ड नं ९ कार्यालयले मंगलबार ईटहरी टेबल टेनिस एकेडेमीलाई खेल सामग्री हस्तानतरण गरेको छ ।

वडा कार्यालयले एक औपचारीक कार्यक्रम बिच टेवल टेनिस खेल संग सम्बन्धित ब्याट , बल तथा जर्सी प्रदान गरेको खेल प्रेमि तथा इटहरी टेवल टेनिसका  युगप्रिय निरौलाले बताउनुभयो ।

९ नं वडा कार्यलयमा गरिएको कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र बराल लगायत जनप्रतिनिधी कुमारी न्यौपाने , राधिका पौडली , शिवराम शर्मा , गणेश खत्री तथा वडा सचिव सञ्जीव खड्का साथै एकेडेमीका अध्यक्ष राजेश भट्टराई कोषाध्यक्ष सुरेश नेपाल उपस्थित रहेका थीए ।

तपाईको प्रतिक्रिया