कोरोना भाइरस, (कोभिड —१९) संग यतिवेला तपाईं–हामी मात्र होइन, सिंगो विश्व जुधिरहेको छ । दिनहुँ बढिरहेको मृत्युको संख्याले मानब जगत त्रसित छ  । दिन दिनै यसले मानव गतमा मानसिक तनाव पनि बढाई रहेको छ ।

कोरोना भाइरस बाट नेपाल पनि अछुतो छैन । नेपालमा राष्ट्रिय युवा परिषद ऐन २०१५ ले वर्ष १६ देखि ४० वर्ष उमेरको समुहलाई युवा भनि परिभाषित गरेको छ र नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या युवाको रहेको छ । युवा वर्गमा धेरै काम गर्ने जोस जागर रहको हुन्छ तर  लकडाउनको कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्  । अधिकांश मानिस घरभित्रै भएकाले सडक सुनसान छ ।

लकडाउनको समयमा अधिकांश युवाहरु सामाजिक सञ्जाल फेसबुक युट्युव आदि मै ब्यस्त हुने गरेका छन् । बाहिर बसेर खेल्ने रमाउने यो समयमा यसरी घर भित्र वा कोठा भित्रै रहनु पर्दा कष्ट मात्र भएको छैन युवाहरुको शारीरीक र मानसिक स्वास्थ्यमा समेत असर परेको छ ।

 

लगाउनको कारण यूवाहरुमा देखा परेको समस्याहरु

 

# लकडाउनको कारण बिद्यालय तथा विश्व बिद्यालय लगायतका शैक्षिक संस्थाहरु बन्द भएका छन् । यो खालि समयमा अत्याधि मोबाईलको प्रयोग गर्नाले यूवा तथा विद्यार्थीहरुमा पनि बिभिन्न किसीमका समस्याहरुमा देखा पर्न सक्छन् । साथै प्राईभेट कम्पनिमा काम गर्ने यूवाहरुलाई लकडाउन पछि आफ्नो जागिर के होला भन्ने चिन्ता छ , किन भने लकडाउको कारण कतिपय कम्पनिहरु बन्द नै हुने भईसकेका छन् ।

 

# घर वा कोठा भित्र मात्रै बस्दा यूवाहरुमा बिभीन्न मानसिक समस्या समेत देखा पर्न सक्छन् । मानसिक समस्याको प्रमुख कारणहरु नकारात्मक सोच, समय सन्दर्भ, मानसिक डर, असफलताको भय, कमजोर आत्मबल, कमजोर बिचारबल आदि रहेका छ्न् ।

 

# यस्तो समयमा किशोर किशोरीलाई यौन शोषण तथा महिला हिँसा हुने सम्भावना अत्यधिक हुन्छ । यस्ता जघन्य अपराधहरू लकडाउनमा घर भित्रै लक भएर बस्ने सम्भावना पनि धेरै हुन्छ । आत्म हतियाको सम्भावना पनि बढिरहेको छ ।

 

#  आवश्यक परिवार नियोजनको साधनहरुको पहुँचमा कमि आउनु, महिलाहरुको मासिक धर्मको बेला चाहिने सामानमा उनिहरुको पहुँचमा कमि आउनु

#  सुरक्षित गर्भपतनको सेवामा पहुँच नहुनु जसले गर्दा महिलाहरु असुरक्षित गर्भपतनको बाटोहरुमा जाने

#कोरोना भाइरस लाग्ला भन्ने डर,

# पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु,

#खानेकुरा खाँदै नखाने वा धैरै खाने,

#आत्तिनु,

#छटपटी हुनु,

# असुरक्षित महसुस हुनु,

# अनिश्चितता र एक्लोपनको महसुस हुनु,

# भबिस्यको चिन्ता हुनु डरको महसुस हुनु,

# काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु,

 

# ध्यान केन्द्रित गर्नमा कठिनाइ हुनु,

# निदाउनमा कठिनाइ,

# डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु,

# टाउको दुख्ने, शरीर दुख्ने,

# श्वासप्रश्वासको गतिमा परिवर्तन हुने,

# चिडचिडापन बढ्नु,

#झनक्क रिस उठ्नु,

# मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु,

# उदाससिनता वा निराशा महसुस हुनु,

# निराशापन, असहायपनको महसुस हुनु,

# पहिलेदेखि मानसिक समस्या भएकाहरूले लागूपदार्थको प्रयोग सुरु गर्नु,

 

# दिनानुदिन घटिरहेको प्रकोपको घटनाहरू मिडियामो देखेर अधिक चिन्तित हुनु …. आदि समस्याहरु हुन् ।

 

यस्ता लक्षण केही दिन देखिएर हराउँदै गए आत्तिनुपर्दैन । लक्षण लामो समयसम्म देखिए सचेत हुनुपर्छ  ।

 

अन्तत हामिले यो पनि बिर्सन हुँदैन कि मृत्यु हुनेभन्दा कैयौँ गुणा ज्यादा कोरोनालाई पराजित गर्दै बाँचेर घर फर्कनेहरू पनि छन् ।

 

समस्या सामधानको लागि युवाहरु आाफैले के गर्न सक्छन् त ?

 

 

# लामो लामो श्वास तान्ने र मुस्कुराउने

जतिबेला तनावको महसुस हुन्छ त्यतिखेर तपाईले लामो लामो श्वास तान्नु भयो भने तनाव बिस्तारै कम हुन्छ साथै मुस्कुराउँदा पनि हल्का महसुस हुन्छ ।

# चिन्ताको कारण थाहा पाउने

यदि चिन्ताको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले चिन्ताको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ। समय,मानसिक अवरोध र समस्याहरु कारण बनेर आएका हुन्छ्न् बुझेर निवारण गर्नुपर्छ ।

# भविष्यको चिन्ताबाट परै रहने

भोलि के होला ? भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिस गरौं

# गीत संगीत सुन्ने

गीत सुनेर पनि तनावबाट क्षणिक रुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई ताजा महसुस गर्छ ।

# भाबनाहरु साटासाट गर्ने

तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।

# नशा र कुलतबाट जोगिने

तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छन् जुन गलत हो । यसले उल्टो हानी गर्छ ।

# योग र प्राणायाम गर्ने

चिन्ताबाट मुक्त हुन चाहने हो भने दैनिक योग र प्राणायाम गर्नुपर्छ । योगबाट चिन्ता कम हुन्छ र बुद्धि तेज हुन्छ । बिस्तारै चिन्ताबाट मुक्ती मिल्छ ।

# हाँस्ने र हसाँउने

हाँस्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अस्त्र हो । त्यसैले आफू पनि हाँस्नु र अरुलाई पनि हसाउने गर्नुपर्छ ।

# समूहमा बस्ने

एक्लोपना चिन्ताको एउटा प्रमुख कारण हो ।बस्नुस् आफु एक्लो न यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उ सँग समय बिताउनुस । अत्याधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन ।

# सिर्जनात्मक कार्यमा लाग्ने

फुर्सदले ब्यक्ति बिग्रीन्छ । त्यसैले ब्यस्त हुनु पर्छ सिर्जनात्मक कार्यमा लाग्ने गर्दा दिमाग कृयाशिल हुन्छ। ःई बुकहरु पढ्ने, चित्र कोर्ने,कबिता बाचन, निबन्ध लेखन, श्रृजनात्मक लेखहरु लेख्ने आदि गर्दा चिन्ता दुर हुन्छ ।

# नकारात्मक सोच हटाउने

सकारात्मक सोच्ने । समस्यालाई स्वीकार गर्ने र विवेकपूर्ण रुपले हल गर्ने हो भने चिन्ता हट्छ ।

 

# प्रशस्त पानी पिउने

हरियो सागसब्जी र फलफूलको नियमित सेवनले तनाव मुक्त हुन मद्दत गर्छ ।दैनिक प्रशस्त पानी पिउने गर्दा पनि फाइदा पुग्छ ।

# मोटिभेसनल भिडियो हेर्ने, पुस्तक पढ्ने

हामी जुन कुरामा समय ब्यातित गर्छौ ,त्यस्तै हुन्छौं । जे हेर्छौ,गर्छौँ ,सोच्छौँ त्यस्तै बन्छौँ । हामीले सकारात्मक र उत्प्रेरित गर्ने खालको भिडियो या फिल्महरु हेर्ने गर्नुपर्छ ।

# सिक्ने इच्छाशक्ति राख्ने

 

 

भनिन्छ, तिमी आँट गर म पुर्याउछु । संकल्पमा ठूलो शक्ति हुन्छ । नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । । कतिपय ब्यक्तीहरु हजारौ रकम तिरेर कम्प्यूटर लगायत बिभिन्न र्कोषहरु लिने गर्दछन् तर खालि समयमा युट्युब लगायत अन्य सर्च इन्जिनहरुको प्रयोग गरी नयाँ नयाँ सिपहरु सिक्न सकिन्छ ।

# आत्मप्रेम र आत्मसम्मान गर्ने

आफूलाई प्रेम गर्नुहोस। आफ्नो सम्मान गर्नुहोस । तपाईं डराउनु भयो भने कोरोना भन्दा ठुलो रोग मानसिक रोग ले तपाइलाई सिकिस्त पार्छ ।

# विश्वसनिय सञ्चारमाध्यमलाई प्राथमिकता दिने

विश्वसनिय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस् किनकि यस्तोबेला धेरै भ्रामक तथा नकारात्मक समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस् ।

# सामाजिक दूरी कायम गरी संवेगात्मक सम्बन्ध कायम राख्ने

 

कोभिड–१९ को रोकथामको लागि दुरी कायम गर्नु महत्वपूर्ण छ तर सामाजिक रूपमा अलग हुनु होइन । शारीरिक दूरी कायम भए पनि संवेगात्मक सम्बन्ध कायम गर्न फोन वा इन्टरेनटको सहयोगबाट कुराकानी गर्नुहोस् ।

 

# सुत्ने तालिका निर्धारण र नियमित गर्ने

अहिले फुर्सदमा हुदा राती अबेर सुत्ने र बिहान ढिला उठ्ने गर्छन् । तर यसले गर्दा शारिरीक तथा मानसिक स्वाथ्यमा नकारात्मक असर पर्छ । त्यसैले सुत्ने र उठ्ने तालिका निर्धारण र नियमित गर्न आवश्यक छ र सुत्नु भन्दा करिब १ घण्टा पहिले टि।भी। तथा मोबाईल हेर्ने नर्गनु उत्तम हुन्छ

# घरको कार्यमा सहयोग गर्ने

यो वेलामा परिवारका सबैलाई सहयोग गर्नुपर्छ । कसले खाना बनाउने, कसले सरसफाइ गर्ने, साना केटाकेटी आफूले काम गर्दा कसले हेर्ने र आफूले के गर्ने गरी सरसल्लाहमा कामको बाँडफाँड गर्दा काम र घर दुवै सजिलै सञ्चालन हुन्छ र घरको काममा ब्यस्त हुदा चिन्ता पनि कम हुन्छ  । गत ५ गतेबाट शिक्षण संस्थाहरू बन्द गरिएकाले यतिवेला विद्यालय जाने उमेरका सबै केटाकेटीको समय घरमा बित्ने गरेको छ । त्यसैले उनीहरू टेलिभिजन, मोबाइल फोन वा भिडियो गेममा बढी व्यस्त हुने गरेका छन् । सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्टाग्रामको प्रयोग पनि बढेको छ । साना नानिहरुलाई त्यस्तो अवस्थामा बाबुआमाले केटाकेटीलाई उमेर सुहाउँदो घरको काम गर्ने जिम्मेवारी दिन सक्छन् । भान्छाको काम, घरको सरसफाइ, बगैँचा र करेसाबारी लगायतको काम सिकाउन सक्छन् । यस्तै, इन्टरनेटमा उपलब्ध अडियो पुस्तकहरू डाउनलोड गरी पढ्न लगाउन सक्छन् ।

# बुढाबुढीको स्याहार गर्ने

विश्वभरकै तथ्यांक हेर्दा कोरोनाले ज्येष्ठ सदस्य सबैभन्दा बढी जोखिममा छन् । बुढाबुढी आफैँ यसबाट त्रसित भएको अवस्थामा घरको वातावरण अझै तनावपूर्ण हुन सक्छ । त्यसैले उनीहरूको सुरक्षा र हेरचाहमा विशेष सतर्कता आवश्यक छ ।

# तनाव व्यवस्थापन

लकडाउनमा एकोहारो घर या कोठ भित्र बस्दा उत्पन्न हुने तनावले अस्वाभाविक डर, मृत्‍युको भय, चरम निराशा,लकडाउन पछि आईपर्ने सम्भावित आर्थिक संकटको चिन्ताले तनाव अझ बढाउँछ । त्यसैले ध्यान तथा योगा गरेर तनावलाई ब्यबस्थापन गर्न सकिन्छ ।

 

युवाहरूको समस्या निराकरणका लागि स्थानीय सरकारले के गर्न सक्छ ?

# स्थानीयस्तरमा भएका स्वास्थ्य चौकी, स्वास्थ्य संस्थामा उपलब्ध स्वास्थ्य सेवाहरूको बारेमा स्थानीय टि.भी रेडियो लगायतका सञ्चारमाध्यममा प्रचारप्रसारको गर्ने

# युवाहरूको यौन स्वास्थ्यको सवालमा स्थानीय प्रहरी र प्रशासनले समन्वय गरी स्वास्थ्य परामर्श, र सेवा लिन चाहने युवाहरूको लागि स्वास्थ्य संस्थासम्म पुग्ने सुबिधा मिलाउने

# गर्भ निरोधक तथा परिवार नियोजनका साधनहरुको बितरण सहज तरीकाले युवा सम्म पुग्ने गरी संयन्त्र बनाउने

 

# प्रत्येक वडामा युवा तथा महिलाहरूको समस्या सुन्ने र सहयोग गर्ने हेल्प डेस्क स्थापना गर्ने

# युवा र स्वास्थ्य को विषयमा काम गर्ने विभिन्न स्थानिय संघ संस्थाहरु संग समन्वय गरि युवाको विभिन्न मुद्धाहरुलाई सम्बोधन हुने गरि स्थानिय योजना तयार गर्ने

 

 

हामि सबै मिलेर नआत्तिकन काम गरेको खण्डमा यस कोरोना भाईरस संग लडन सक्छौ र मानव जगतलाई रक्षा गर्न सकिन्छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया