- विकल रेग्मी

इटहरी/ इटहरीमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाइटहरीका स्वास्थ्य संस्थाहरु विरामीका ेउपचार गर्ने भन्दा रोग सार्ने थलो बन्न सक्ने खतरा बढ्दै गएको छ । अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधि जन्य फोहोर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानुनी प्रावधान रहेको भएपनि इटहरी मा यो प्रावधान पूर्ण रुपले लागु भएकोे पाइँदैन । इटहरीका अधिकांश स्वास्थ्य संस्थाहरुले अस्पपतालजन्य फोहोरलाई सामान्य फोहोरसरह फाल्दा वातावरणीय प्रदूषण भयावह बनेको मात्रै होइन,विभिन्न रोगको संक्रमण पैmलने जोखिम पनि बढाएको छ । इटहरीका निजी अस्पताल, क्लिनिक र औषधि पसलले फोहोरको प्रकृति अनुसार छुट्टाछुट्टै स्थानमा राख्ने गर्दै आएको भएपनि स्थान र जनशक्तिको अभावमा व्यवस्थीत विसर्जन गर्न सकेका छैनन । अस्पतालबाट निस्कने संक्रमणयुक्त फोहोरलाई निर्मलीकरण गरेर मात्र व्यवस्थापन गर्नुपर्ने भएपनि इटहरीमा रहेका स्वास्थ्य संस्थाहरुले त्यस्ता फोहोरलाई उपमहानगरपालिकाले फोहोर उठाउन सम्झौता गरेको इन्भारोकेयर नाम गरेको संस्थाले उठाउने अन्य फोहोरमै मिसाएर पठाइदिने गरेका छन् । स्थानको अभावमा जोखिमपूर्ण तरिकाले फोहोर विसर्जन गर्नुपर्ने बाध्यता रहेको मेडिकल संचालकहरु बताउछन ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा १ सरकारी अस्पताल र ६० भन्दा बढी निजी क्लिनिक, प्रयोगशाला, पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्था सञ्चालित छन् । इटहरीको स्वास्थ्य संस्थाहरुबाट दैनिक कति परिमाणमा अस्पतालजन्य फोहोर निस्कन्छ भन्ने तथ्यांक कुनै निकायसंग पनि छैन ।अस्पताल जन्य फोहोरले मानव स्वास्थ्यसँगै वातावरणमा गम्भीर प्रभावपार्ने इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउछन ।
इटहरीमा अहिले सम्म पनि अस्पतालजन्य फोहोरको व्यवस्थापनमा सरोकारवाला निकायको खासै ध्यान पुगेको छैन । यसमा स्थानीय तहको अनुगमन पनि निकै कमजोर देखिन्छ ।
अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिका २०७१ अनुसार अस्पतालबाट निस्कने फोहोरलाई हरियो भाँडामा कुहिने, नीलो भाँडामा नकुहिने र रातो भाँडामा जोखिमयुक्त रगतलागेकाफोहोरजन्य बस्तुअनिवार्य छुट्याएर राखी सोहीअनुसार मात्रविसर्जन गर्नुपर्छ । अस्पतालबाट निस्कने फोहोरमाकुहिने र नकुहिने ७५ प्रतिशत हुन्छ भने बाँकीफोहोर जोखिमयुक्तरहने गरेको पाइन्छ । यस्तो अबस्थामा अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुबाट निस्कने सबै किसिमका फोहोरहरुको उचित विसर्जन र व्यवस्थापनमा सम्बन्धित संस्थाहरु गम्भीर बन्नु पर्ने देखिन्छ भने अर्को तर्फ नियमनकारी निकायहरुले अनुगमन र कार्वाही गर्ने प्रक्रिया लाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया