इटहरी । नेपाली खेलकुदको विकास र विस्तारका लागि स्पोटर्स एजुकेसन व्यवहारिक रुपमा लागु गरिनु पर्ने स्पोटर्स विषयमा एम विए अध्ययनरत इटहरीका विकास खेतान सक्रिय रुपमा लागि रहेका छन ।
स्पोटर्स क्षेत्रमा सानै देखि रुचि भएका खेतानले स्नातक सम्म व्यवस्थापन विषय अध्ययन गरेपनि स्नाकोत्तर भने आफ्नै मुलुकमा नभएको कारण छिमिकी मुलुक भारतमा गएर स्पोटर्स विषयमा अध्ययन गर्न थालेको र नेपाली खेलकुद क्षेत्रको विस्तारमा लागि परेको वताएका हुन ।
सिम्बोसिस इन्टरनेशनल युनिर्भसिटीमा एम विए स्पोटर्स विषयमा दोस्रो वर्षमा अध्ययनरत रहेको खेतानले नेपालमा भएको दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०१९मा व्याटमिनटन खेलमा टेक्नीकल लाइन जजका रुपमा सहभागिता जनाएको समेत खेतान वताउछन । स्पोटर्स विषयमा एम विए अध्ययन गर्ने पहिलो नेपाली आफु रहेको दावी गर्ने खेतानले स्कुल तह देखि नै व्यवहारिक रुपमा पठन पाठन गरिनु पर्नेमा जोड दिदै आएका छन । खेतान स्पोटर्स फाउण्डेसन मार्फत नेपाली खेलकुदको विकास र विस्तारका लागि काम गरिरहेको वताउदै खेतानले अहिले लकडाउनको समयमा घरमै बसेर नेपाली खेलकुद र खेलाडीहरुलाई समेटेर खेलाडीहरुको प्रोफाइल तथा विभिन्न भिडियोहरु समेत वनाउने काम गर्दै आएका छन् । भारतको हरियाणामा सन्२०१४मा भएको अल इण्डिया लेभल खेलमा समेत आफु सहभागी भएको खेतान वताउछन ।

तपाईको प्रतिक्रिया