इटहरी । गायक बद्रि पंगेनी र गायिका मेलिना राईको आवजमा शनिबार नयाँ देशभक्ति गीत ‘पूर्वपश्चिम सीमातिर’ सार्वजनिक भएको छ ।  विपिन किरन को शब्द शान्तिराम राईको संगीत विनोद बमले निर्देशन गरेको गीतको भिडियोमा पूर्व राष्ट्रिय फूटबल खेलाडि सुरेन्द्र तामाङ, सरिता लामिछाने, लक्ष्मी बर्देवा, राष्ट्रिय भलिबल खेलाडि रेश्मा भण्डारी, रुमेश कटुवाल, रमेश पौडेल, डा.चन्द्रमणी अधिकारीले अभिनय गरेका छन ।

नेपालकाे रमणीय स्थानहरूमा गरिएकाे छायांकन एवम गितमा गाइएकाे शब्द र देखाइएकाे भिडियाेले राष्ट्र प्रति बेग्लै सम्मान र देशभक्ति दर्शाइएकाे पाइन्छ । भिडियाे गितमा नेपालका सिमा नाकाहरूलाइ पनि देखाइएकाे छ ।

तपाईको प्रतिक्रिया