सन् १९८० मा ग्वाटेमालाका बचत तथा ऋण सहकारी संस्थाहरुमा वित्तीय बिश्लेषण गर्नका लागिडेभ रिचर्डसन प्रतिपादनले गरेको ब्यबस्थापकीय औजार पर्ल्स अनुगमन प्रणाली हो । जसलाई बिश्व कर्जा परिषदले बिश्वब्यापी प्रयोगमा सन् १९९० देखि ल्याएको हो । सन् १९९८ मा एसियाली ऋण माहासंघको प्राबिधिक सहयोगमा प्रारम्भिक चरणमा आफ्ना सदस्यहरुको वित्तीय अनुगमन गर्न नेफ्कुनद्वारा यो प्रणालीको नेपालमा लागु गरिएको हो । सहकारी विभागको २०६५ भाद्रको परिपत्र र सहकारी मापदण्ड २०६८ ले वित्तीय सहकारीले पर्ल्स अनुगमन प्रणाली लागु गर्नु पर्ने निर्देश गरेबाट यसले ब्यापकता पायो ।

पर्ल्स शब्दले वित्तीय अवस्था सम्बन्धि निम्न ६ वटा क्षेत्रको प्रतिनिधित्व गर्छ ।

P- Protection (सुरक्षण)
भाखा नाघेको ऋणको सुरक्षणको लागि आवश्यक व्यवस्था गरिने तरिकालाई P अथवा Protection ले निर्देश गर्दछ ।

E – Effective Financial Structure ( प्रभावकारी वित्तीय संरचना )
संस्थाहरुको वित्तीय संरचनाको अवस्था, पूजीको श्रोत तथा उपयोगका लागि उपयुक्त अवस्था, आदर्श वित्तीय संरचनाको विश्लेषण गर्दछ ।

A – Assets Quality (सम्पतिको गुणस्तर)
आय आर्जन गर्ने र आय आर्जन नगर्ने सम्पत्तिको विश्लेषण गर्दछ । आय आर्जन नगर्ने सम्पत्तिलाई न्युनतम बिन्दुमा राखी आय आर्जन गर्ने सम्पत्तिमा लगानी गर्न प्रोत्साहित गर्दछ ।

R – Rate of Return & Cost (प्रतिफल डर तथा लागत)
पुँजी तथा दायित्वमा तिर्नुपर्ने लागतको मापन गर्दछ । प्रतिफल र लागतको अवस्था कस्तो रहेको छ, कुन क्षेत्रमा भएको लगानीले कति प्रतिफल दिएको छ, लगानीको अनुपातमा प्रतिफल के कस्तो छ विश्लेषण गर्दछ ।

L – Liquidity (तरलता)
तरलता भन्नाले वित्तीय संस्थामा रहेको नगद, बैंक, छोटो समयको लगानी सम्झनु पर्दछ । सदस्यहरुले चाहेको समयमा बचत फिर्ता गर्ने क्षमाताको जांच गर्दछ ।

S – Sign of Growth (वृद्धिको संकेत)
यस सूचकले सम्पत्तिमा वृद्धि, सदस्य संख्यामा वृद्धि, निक्षेपमा वृद्धि आदि कुराको मापन गर्दछ ।

पर्ल्स अनुगमन प्रणालीमा बिश्वब्यापी रुपमा ४६ वटा स्थापित सूचकहरू रहेका छन् भने नेपालका सहकारिहरुमा मुख्य रुपमा १५ देखि २२ वटा सूचांकहरुको प्रयोग भएको पाइन्छ । साकोसको वित्तीय सम्बेदनशिलातालाई मनन गर्दै संस्था संचालक समिती र व्यवस्थापनले संस्था संचालन गर्दा खराब ऋण, ऋण जोखिम कोष, संस्थागत पुँजी, आर्जन नगर्ने सम्पति, मूल्य निर्धारण, संचालन खर्च, तरलता, विविधिकरण, गैर वित्तीय लगानी जस्ता कुराहरुमा अधिकतम ध्यान पुर्याउनु पर्ने हुन्छ ।यिनै सिदान्तहरुको आधारमा WACCU ले पर्ल्स अनुगमन प्रणाली कार्यन्वयनमा ल्यायो ।

नेपालमा पनि वित्तीय सहकारी संस्थाले पर्ल्स प्रणालीको अबलम्बन गरेका छन् । बर्षको अन्त्यमा लेखा परिक्षण गर्ने क्रममा लेखापरीक्षकले बनाइदिएको एक पेज पर्ल्सको प्रतिबेदन पेश गरेको आधारमा बहुसंख्यक संस्थाहरुले पर्ल्स अनुगमन प्रणाली अवलम्बन गरेको सगौरब भन्ने गरेको पाइन्छ । यस्ता प्रतिबेदनमा आएको सुचकको बारेमा न त लेखापरिक्षकले नै बताउछन,न त संस्था संचालक, न त ब्यबस्थापन, न त लेखा न त सुपरिबेक्षण समिति । कतिपय संस्थामा यसलाई हेर्ने नै चलन भए पनि सुधार गर्ने मौका पाइदैन |संस्थाको वित्तीय अवस्था बर्षमा एकपटक मात्र हेरेर हुदैन यो त नियमित रुपमा गर्नु पर्ने कार्य हो । प्रत्येक महिनाको मासिक बैठकमा पर्ल्स रिपोर्ट तयार गरि छलफल गर्नु र त्यसै अनुरुप अगाडिको बाटो निर्धारण गर्नु संस्थाको दीर्घजीवन दिनु पनि हो ।
हरेक साकोस वित्तीय दृष्टिकोणबाट सुरक्षित र स्वास्थ हुनु पर्दछ,जसका लागि निरन्तर पर्ल्स विश्लेषण जरुरी हुन्छ ।

                                                                                               रोशन ढकाल

पर्ल्सले संस्थाको बर्तमान अवस्थाको गणितीय अवस्था दर्शाउछ | यो संस्थाको स्वास्थ परिक्षण रिपोर्ट हो । वित्तीय स्वास्थ मजबुत बनाउनु संचालक समिति र व्यवस्थापनको मुख्य दायित्व हो । वित्तीय स्वास्थ राम्रो बनाउनका लागि नियमित मासिक बैठकमा कार्यप्रगति प्रतिबेदन का अलावा पर्ल्स प्रतिबेदन पनि पेश गर्नु पर्दछ । संचालक समितिका सदस्यहरुले पर्ल्स सूचांकका आधारमा छलफल गर्ने, जसमा भाखा नाघेको ऋण कति र कस्तो अवास्थाको छ र त्यसको लागि ऋण सुरक्षण कोषको व्यवस्था छ/छैन ? संस्थागत पुँजीको अवस्था कस्तो छ ? संचालक र कर्मचारीले चलाएको ऋणको अवस्था कस्तो छ ? संचालन खर्चको अवस्था कस्तो छ ? संस्थाको बचत फिर्ता गर्ने क्षमता कस्तो छ ? तरलता को अवस्था के छ ? बचत र ऋणको ब्याजदर प्रतिपर्धात्मक छ/छैन ? गैर वित्तीय लगानी को अवस्था के छ ? बचतको वृद्धिदर कुन गतिमा छ ? यसका बारेमा सुक्ष्म तरिकाले विश्लेषण गर्नु पर्दछ । राम्रा संकेत सूचांक आएका कारोबारलाई यथावत राखी सूचांक कमजोर आएका कारोबारहरूको सुधारात्मक रणनीति बनाइ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

अन्त्यमा, पर्ल्स प्रणालीलाई औपचारिकतामा मात्र प्रयोग नगरी व्यवस्थापकीय औजारको रुपमा नियमित प्रयोग गर्नाले बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तीय स्वास्थ मापन गरि संस्थालाई सबल बनाइ अनन्तकालसम्म चलाउन सकिन्छ | बर्तमान अवस्थाको विश्लेषण गरि भाबि योजनाको निर्माण गर्न पर्ल्सलाई प्रयोग गर्नु पर्दछ |

लेखक निसान बचत तथा ऋण सहकारी संस्थाका लेखा सुपरिबेक्षण समिति संयोजक हुन् ।

तपाईको प्रतिक्रिया