धनकुटा  । धनकुटाका लागि दुई अर्व २७ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक बर्ष २०७७÷०७८ का लागि गत जेठ १५ गते संसदमा प्रस्तुत गर्नु भएको बजेट विनियोजनका क्रममा धनकुटाका लागि दुई अर्व २७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको सार्वजनिक गर्नु भएको हो ।
उहाँका अनुसार १४ खर्व ७४ अर्व ६४ करोड बजेट विनियोजन गरिएको मध्ये धनकुटाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
धनकुटामा सबै भन्दा बढी बजेट धनकुटा नगरपालिकालाई विनियोजन गरिएको छ भने सवै भन्दा कम बजेट शहिदभुमी गाउँपालिकाका लागि विनियोजन गरिएको छ ।
जिल्लामा तहगत गरिएको विनियोजित रकम मध्ये धनकुटा नगरपालिका लाई ४५ करोड ३५ लाख, महालक्ष्मी नगरपालिका लाई ३९ करोड २ लाख, पाख्रिवास नगरपालिका लाई २७ करोड ७३ लाख, चौबिसे गाउँपालिका लाई ३२ करोड ५० लाख, साँगुरीगढी ३१ करोड ८ लाख र छथरजोरपाटी गाउँपालिका लाई २६ करोड ३३ लाख, शहिदभुमि गाउँपालिका २५ करोड ६४ लाख रकम विनियोजन गरिएको सार्बजनिक भएको छ ।
उक्त बजेट सामानिकरण अनुदान, विशेष अनुदान, सर्शत अनुदान र समपुरक अनुदानको रुपमा विनियोजन गरिएको हो ।
यसरी बजेट विनियोजन गर्दा पाख्रिबास नगरपालिका लाई चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका कम बजेट विनियोजन गरीएको छ । गाउँपालिका तर्फ सबै भन्दा कम बजेट शहिदभुमी गाउँपालिका लाई दिइएको छ ।
कोकिला भण्डारी

तपाईको प्रतिक्रिया