धनकुटा । कोरोना भाईरस संक्रमणलाई मध्य नजर गर्दै तीनसय जना भन्दा बढि धनकुटा वासि घरधनिले घरभाडा मिनाहा गरेका छन् ।
धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत आज सम्म धनकुटा र हिलेका ३ सय २५ जनाले घरभाडा मिनाहा गरी सहयोग गरेको उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
कोरोना भाईरस संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको लक डाउनका कारण सम्पूर्ण उद्योग ब्यावसाय, व्यापार बन्द भएपछि व्यावासयीहरु संकटमा परेकोले संघले घर भाडा मिनाहा अभियान सञ्चालन गरी सम्पूर्ण घर धनीहरुलाई घर भाडा मिनाहा गर्न अनुरोध गरेको थियो ।
व्यावसायिहरुलाई घरभाडा छुट गर्नेहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग, पियुस श्रेष्ठ, दोर्ण गुरागाई, लक्ष्मी लाम्मिछाने, कृष्णराज जोशी, लक्ष्मीदेवी जोशी, किरण कुमार शाक्य, केशर वहादुर थापा, छेकु तामाङ्ग, विर वहादुर विसंखे, गंगादेवी खड्गी, शिखर श्रेष्ठ हरी कुमार श्रेष्ठ, कौशिला बमजन, विष्णु मोक्तान, बिना देवी घिसिङ, बम बहादुर योञ्जन, जमुना घिसिङ योञ्जन, शुभ चन्द्र मोक्तान, दुर्गादेवी घिसिङ लगायत १७ जनालगायत रहनु भएको छ । भने यस अघि नै नगरपालिकाका त्रिभुवन श्रेष्ठ ,पूर्णकृष्ण श्रेष्ठ, पुष्कर प्रसाद जोसिलगायत ८७ जना भन्दा बढीले घर भाडा मिनाहा गरिसक्नु भएको थियो ।

तपाईको प्रतिक्रिया